काठमाडौं ।
इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) का प्रमुख हुसेन सलामीको मृत्यु भएपछि पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर इन चिफ नियुक्त गरिएको छ। नयाँ कमान्डर जनरल वाहिदीले इजरायली आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन् भने यो जानकारी रिभोलुसनरी गार्डको एक्स ह्यान्डलले पुष्टि गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणमा अहिलेसम्म पाँच जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये सलामीसँगै खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी पनि छन्। साथै आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी र आणविक वैज्ञानिक तथा इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची पनि आक्रमणमा परेर मृत्यु भएका छन्।



