इन्डिया टुडेका अनुसार लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडेको केहीबेरमै मेघानी सहर नजिक दुर्घटना भएको हो।
विमानमा २४२ जना यात्रु सवार थिए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि घटनास्थलबाट आएको तस्बिर र भिडियोहरूमा हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ।
घटनापछि सात वटा दमकलसहितका आपतकालीन उद्धार टोली तुरुन्तै परिचालन गरिएको छ। यात्रुहरूको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन। विमान कसरी दुर्घटनामा पर्यो भन्नेबारे छानबिन जारी रहेको अधिकारीहरूले जनाएका छन्।




