Butwal Today

सुस्ता गाउँपालिकाद्वारा सामुदायिक अस्पताललाई विविध सामग्री सहयोग 

२९ जेष्ठ २०८२, बिहीबार
अ+
अ-
नवलपरासी पश्चिम  ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताललाई विविध सामग्री सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले अस्पताललाई आज २ लाख ५० हजार बराबरका सामग्री हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाले एसी, डेस्कटप कम्प्युटर ,पृन्टर लगायतका सामग्री हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्ता गाउँपालिकाका नागरिकले समेत सोही अस्पताल बाट सेवा लिने हुँदा सहयोग गरिएको बताउँदै सामुदायिक अस्पताललाई सबै स्थानीय तहहरूले सहयोग गरी गुणस्तरीय सेवा प्रवाहमा जोड दिनु पर्ने बताए ।
अस्पतालमा केही समय पछि सुरु हुन गैरहेको डायलासिस सेवा सञ्चालनका लागि समेत पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका अध्यक्ष डिबी थापाले सबैको साथ र सहयोगले नै अस्पतालको सेवा प्रभावकारी हुने बताए ।
२ लाख ५० हजार बराबरको खरिद अनुमति अस्पताललाई नै दिइएको र अस्पतालले नै सामग्री खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । यति बेला सङ्घ सरकारबाट प्राप्त ४ थान डायलासिस मेसिन बाट सेवा उपलब्ध गराउनका लागि स्वतस्फुर्त रुपमा सहयोग प्राप्त हुने गरी महा अभियान समेत सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?