© २०२३
काठमाडौँ ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध छ। छानबिन समिति गठन गरी घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने भन्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।
बिहीबार बसेको प्रतिपक्षी दलहरूको बैठकले ‘भिजिट भिसा मार्फत हुने मानव तस्करी’लाई संगठित अपराधको रुपमा दफा गर्दै यसलाई अन्त्य गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले बैठकको निष्कर्ष सार्वजनिक गर्दै प्रतिपक्षी दलहरू सबै एकमत रहेको जानकारी दिए।
उनका अनुसार, “आजको पहिलो चरणको बैठकको निष्कर्षमा संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू भिजिट भिसा मार्फत हुने मानव तस्करीलाई निराकरण गर्न छानबिन समिति गठन गर्ने विषयमा सहमति पुगेका छन्।”