© 2026
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्यायपरिषद्को सदस्य पदका लागि सिफारिस गरेका छन्। संविधान अनुसार, न्यायपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा एक जना कानुनविद् सदस्य नियुक्त हुन्छन्।
हाल न्यायपरिषद्को सदस्य रामप्रसाद भण्डारीको पदावधि १० असारमा सकिँदैछ र उनी अवकाश हुँदैछन्। उनीहरूको रिक्त स्थानमा प्रधानमन्त्री ओलीले महेश नेपालको नाम सिफारिस गरेका हुन्।अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले महेश नेपाललाई न्यायपरिषद्को सदस्य पदमा नियुक्त गर्नेछन्।