ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

नेपाल–भारत कनेक्टिभिटीले समृद्धिको ढोका खोल्छ: मन्त्री राणा

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

काठमाडौँ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजानका लागि व्यापार, पारवहन, लगानी र कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन्।

नेपाल–भारत रणनीतिक संवाद कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले दुई देशबीचको सम्बन्धलाई “साझा समृद्धिको सहयात्रा” बनाउने बेला आएको बताइन्। उनले भनिन्, “अब समय आएको छ, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामै मुम्बई पुग्नेछ र दिल्लीमा बैठक सकेको भारतीय पर्यटक साँझ पोखरा झर्नेछ।”

उनले पारस्परिक सम्पर्क सञ्जाललाई सडक, रेलवे, जलमार्ग, हवाई मार्गदेखि डिजिटल पूर्वाधारसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनका अनुसार यस्ता पूर्वाधारले क्षेत्रीय र विश्व आपूर्ति शृंखलासमेत बलियो बनाउनेछन्, जसले पारवहन व्यापार र सीमा अर्थतन्त्रलाई पनि स्तरीकरण गर्नेछ।

मन्त्री राणाले दुई देशका नागरिकबीच गहिरो सामाजिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध रहेका कारण सहयोग, सहकार्य र कनेक्टिभिटीलाई अझ सुदृढ बनाउनुपर्ने बताइन्।

उनले विशेष रूपमा ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै भनिन्, “आगामी दशकमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धता जनाएको छ, यो हाम्रो ऊर्जा साझेदारीको स्पष्ट संकेत हो।”

डिजिटल प्रविधि र नवप्रवर्तनतर्फ संकेत गर्दै उनले नेपाल–भारतबीच टेक्नोलोजी स्टार्टअप, नवप्रवर्तन प्लेटफर्म र सीप विकासमा सहकार्य बढाउनुपर्नेमा जोड दिइन्। “हाम्रा युवाहरूलाई प्रविधिको माध्यमबाट सँगै काम गर्ने वातावरण बनाउनु अहिलेको आवश्यकता हो,” उनले भनिन्।

कार्यक्रममा मन्त्री राणाले भारतको प्राविधिक क्षमता र नेपालको युवा जनशक्तिको मिलनले साझा समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?