© २०२३
लमही ,२९ जेठ ।
दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन् । सङ्घीय सरकारले सुनका गरगहना सम्बन्धी नयाँ प्रावधान ल्याउन लागेको भन्दै त्यसका विरुद्धमा उनीहरू आन्दोलित भएका छन् । सरकारले आगामी आर्थिक वर्ष देखी लागु हुने गरी सुनका गरगहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरात लगायतका बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने जस्ता प्रावधान ल्याउन लागेको भन्दै देशभर व्यवसायीहरू आन्दोलन भएका छन् ।
सोही अन्तर्गत जिल्लाका सुनचाँदी व्यवसायीहरूले बुधवार तुलसीपुर,घोराही र लमहीमा हस्ताक्षर सङ्कलन कार्यक्रम गरेका छन् । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी सङ्घ आयोजनामा बुधवार विपिचोकमा हस्ताक्षर सङ्कलन गरिएको र बिहीबार पसल बन्द गर्ने निर्णय भएको महासचिव तुलसीराम सुनारले जानकारी दिए ।