ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

छल्दी खेलामा झोलुङ्गे पुल 

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

गुल्मी, २९ जेठ ।

जिल्लाको धुर्कोट गाउँपालिका र इस्मा गाउँपालिका जोड्नका लागि छल्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । धुर्कोटको वस्तु र इस्माको राङ्दलचौर जोड्नका लागि छल्दीमा ३७० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । सस्पेन्सन ब्रिज डिभिजन ललितपुर मार्फत एक करोड ८४ लाखको लागतमा निर्माण गरिएको उक्त झोलुङ्गे पुलको ७ सय ९९ जना मानिस अट्ने भारवाहन क्षमता रहेको छ । छल्दी खोलामा निर्माण गरिएको झोलुङ्गे पुलले स्थानीयहरूको घण्टौँको दुरीलाई घटाउनुका साथै नागरिकहरूलाई सहज बनाएको छ ।

उक्त पुलको बुधबार नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै सांसद विष्टले भुगोलका हिसाबले पहाडी क्षेत्रमा टाढाटाढा रहेका वारी र पारीका गाउँलाई जोड्नका लागि झोलुङ्गे पुलले विकासमा अलग्गै महत्त्व बोकेको बताएका थिए । २०७४ सालमा क्षेत्र नं २ मा २७ वटा झोलुङ्गे पुलका योजना समावेश गरिएकोमा अधिकांश पुल निर्माण सम्पन्न भएको विष्टले बताए ।

त्यसका अतिरिक्त पुल, सडक, खानेपानी, सिँचाई लगायतका पूर्वाधार निर्माणले यस क्षेत्रमा समृद्धिको यात्रा सुरु भएको उनले दाबी गरेका छन् । पुलले मदनभण्डारी राजमार्ग अन्तरगत तम्घास–सिमलटारीबाट यात्रालाई नजिक बनाएको छ । झोलुङ्गे पुल निर्माण भएसँगै धुर्कोट गाउँपालिका –५ स्थित वस्तुमा रहेको विचित्र गुफामा पुग्ने आन्तरिक एवं वाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।

दनभण्डारी राजमार्गबाट पुल तरेपछि १० मिनेटमा विचित्र गुफा पुग्न सकिने भएको छ । लामो पुलका कारण यस क्षेत्रको पर्यटन विकासमा समेत थप टेवा पुगेको छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले तिनै तहका सरकारको समन्वयमा उक्त क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरू अगाडि बढिरहेको बताएका छन् । झोलुङ्गे पुलले जिल्लाको पर्यटकीय स्थल विचित्र गुफालाई समेत यति बेला राजमार्गबाट नजिक बनाएको छ । पुल नहुँदा खोला तर्ने बाध्यतामा रहेका स्थानीय र हिमालय मावि पुग्ने विद्यार्थीहरूलाई समेत ठुलो राहत पुगेको स्थानीय बोमलाल भण्डारीले बताए ।
लामो तथा अग्लो स्थानमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण त्यस क्षेत्रमा दैनिक घुम्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । उक्त पुलको निर्माण निलगिरी निर्माण सेवा प्रालिले गरेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?