ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

इन्जिन प्रणाली व्यवस्थापन र हेवि ईन्जिनिरयरिङ एडभान्स तालिम शुरु

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

बुटवल, २९ जेठ । समयसापेक्ष जनशक्तिलाई दक्ष बनाउने गरि इन्जिन प्रणाली व्यवस्थापन र नेपाली सेनाका जनशक्तिलाई हेवि ईन्जिनिरयरिङ ईक्वपेन्ट मेकानिक्स एडभान्स दुई तालिमहरु बुटवलमा शुरु भएको छ । रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा इन्जिन प्रणाली व्यवस्थापनसम्बन्धी तालिम तथा बुटवल अटो इन्जिनियरिङ एशोसिएशन रुपन्देही लुम्बिनी तथा नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय खरिपाटी भक्तपुरको संयुक्त आयोजना तथा व्यवस्थापनमा नेपाली सेनाका जनशक्तिलाई हेवि ईन्जिनिरयरिङ ईक्वपेन्ट मेकानिक्स एडभान्स तालिम शुरु भएको हो ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले तालिमको उद्घाटन गर्दै तालिमको महत्व झल्काउँदै प्रविधि र वातावरण संरक्षणको दृष्टिबाट यस्ता तालिम अपरिहार्य भएको बताइन् । उनले समय अनुसारको परिवर्तन आवश्यक रहेको बताउँदै व्यवहारिक ज्ञान भएको ब्यक्ति बेरोजगार तथा भोकै बस्नु नपर्ने उल्लेख गरिन् । उनले स्थानीय सरकारबाट यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
यसैबिच बिद्युतीय सवारी साधनसंग सम्बन्धित अटोमोबाइलको १६ दिने तालिम लिएका१५ उद्योगबाट २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले प्रविधि र दक्षता नै आजको युगमा व्यक्तिको पहिचान भएको उल्लेख गर्दै, विद्युतीय सवारी साधन तालिम पुरा गरेका सहभागीलाई दिए । दक्ष जनशक्ति अभावका कारण सवारी मर्मत क्षेत्रमा समस्या आइरहेको बताउँदै, तालिममार्फत प्रतिस्पर्धामा टिक्न सीप र ज्ञान अद्यावधिक गर्न आवश्यक भएको उनले बताए ।

कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीका अध्यक्ष प्रेम गौचनले सहभागीलाई अवसरको सदुपयोग गर्न आग्रह गर्दै विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले तालिम आवश्यक रहेको बताए । तालिमले रोजगार सिर्जना र स्वदेशी प्रविधिमा आत्मनिर्भरता हासिल गर्न मद्दत गर्ने उनको भनाइ छ ।

रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोगमा, बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही लुम्बिनीको व्यवस्थापनमा सञ्चालन गरिएको अटोमोबाइल सम्बन्धी १६ दिने (९६ घन्टा) निःशुल्क तालिम भएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका उपाध्यक्ष एवं तालिम संयोजक ध्रुवराज भुसाल, महासचिव पुनित पोखरेल, सहभागी अमन लामिछाने लगायतले शुभकामना दिए ।
नयाँ तालिममा १६ उद्योगका २० जना प्रशिक्षार्थी सहभागी छन् भने नेपाली सेनाको तालिममा भने १० जना सहभागी रहेको प्राविधिक उपसेनानी एवं तालिम संयोजक प्रमोद रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?