ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अस्ट्रेलिया अलआउट २१२ मा, दक्षिण अफ्रिकाले चार विकेट गुमायो

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

काठमाडौँ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेलको पहिलो दिन लड्र्स क्रिकेट मैदानमा अष्ट्रेलियाले निराशाजनक प्रदर्शन गर्दै मात्र २१२ रनमै समेटिएको छ। टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अष्ट्रेलियाको इनिङ्स लामो समय टिक्न सकेन। टोलीका लागि ब्यू वेबस्टरले ७२ रन र अनुभवी स्टीवन स्मिथले ६६ रनको योगदान दिए पनि अन्य ब्याटरहरू खासै चल्न सकेनन्।

दक्षिण अफ्रिकाका तर्फबाट कागिसो रबाडा चम्किए, जसले पाँच विकेट लिए। उनले उत्कृष्ट लयमा बलिङ गर्दै अष्ट्रेलियाको मध्यक्रम तहसनहस बनाए। त्यस्तै, मार्को जानसेनले तीन विकेट लिए भने केशव महाराज र एडेन माक्र्रमले समान एक-एक विकेट हात पारे।

बल्लेबाजीमा उत्रिएको दक्षिण अफ्रिकाले पनि राम्रो सुरुवात गर्न सकेन। दिनको खेल समाप्त हुँदासम्म उसले चार विकेट गुमाएर ४३ रन मात्रै जोड्न सक्यो। ओपनर रायन रिकेल्टनले १६ रन बनाएर आउट भए। कप्तान टेम्बा बाभुमा तीन रनमा खेलिरहेका छन् भने डेभिड बेडिङघम आठ रनमा अविजित छन्।

अस्ट्रेलियाका बलरहरू पनि प्रभावशाली रहे। मिचेल स्टार्कले दुई विकेट लिए भने जोश हेजलवुड र प्याट कमिन्सले समान एक-एक विकेट लिए।

यो फाइनलमा स्थान बनाउन अस्ट्रेलियाले ६७.५४ प्रतिशत अंक हासिल गरेको थियो भने दक्षिण अफ्रिकाले ६९.४४ प्रतिशत। प्रतियोगिताको विजेताले ३.६ मिलियन अमेरिकी डलर र उपविजेताले २.१६ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

विश्व टेस्ट च्याम्पियनशिप सन् २०१९ मा सुरु भएको हो। पहिलो संस्करण न्यूजिल्यान्डले जितेको थियो भने दोस्रो संस्करणमा अस्ट्रेलिया विजेता बनेको थियो। दुर्भाग्यवश, दुवै पटक भारत उपविजेता बन्न पुग्यो।

यसपटक दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको भिडन्त कसले जित्ने हो, त्यो भने आउँदा दिनमा टुंगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?