ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

थारु समुदायको बरघर प्रथाः परम्परा मान्ने कि पहिचान ? 

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

चन्द्रौटा, २९ जेठ ।

जिल्लाको शिवराज नगरपालिकामा बरघर प्रथालाई सरकारले कानुनी मान्यता दिनुपर्ने थारु अगुवाहरूले माग गरेका छन् ।

बरघर प्रथाले समुदायको विकास र ऐक्यबद्ध गराउन सकारात्मक प्रभाव रहेको स्थानीय शिवपुर गाउँका बरघर भोनु थारु बताउँछन् । “थारु समुदायका सामाजिक कार्यसँगै घटना सहजैरूपमा समाधान गर्ने न्यायिक प्रणाली लोप हुनु चिन्ताजनक विषय हो,”  उनले भने ।

बरघर प्रथा थारु समुदायको परम्परा र पहिचान जोडिएकाले यसलाई सरकारी मान्यता दिनुपर्ने आवश्यक रहेको थारुले बताए । उनले थपे “बरघर प्रथा थारु समुदायको अस्तित्वसँग जोडिएको छ । यसलाई संरक्षण गर्ने सबैको दायित्व हो । हाम्रो चाडपर्व, परम्परा, रीतिरिवाज नै रहेन भने, हामी थारु हुनुको कुनै अस्तित्व छैन । यसलाई सरकारी निकायबाट कानुनी मान्यता दिनुपर्छ ।”

थारु कल्याणकारिणी सभा शिवराज नगर समितिको आयोजना र नगरपालिकाको सहयोगमा वडा नम्बर–१, उमरीमा भएको बरघर सम्बन्धी क्षमता अभिवृद्धि तालिममा थारु अगुवाहरू २ दिन सहभागिता जनाएका थिए । यस्तै भलुही गाउँका बरघर राम भरत थारु तालिममा सहभागी भएको बताए । उनीसहित सो तालिममा ४३ जनाले सहभागिता जनाएका थिए । उनी भन्छन्- “बरघर प्रथा लोप हुँदै गएको छ । आफ्नो अस्तित्व जोगाउन बरघर प्रथा संरक्षण आवश्यक छ ।” थारु समुदायमा पुज्ने देवता लगायत परम्पराको महत्त्व पुस्तान्तरण गर्न नसक्दा लोपोन्मुख रहेको उनको भनाइ छ ।

थारु समुदायको मौलिक सामाजिक संरचना भित्रको बरघर प्रथा केवल परम्परा मात्र होइन । न्याय, सद्भाव र सांस्कृतिक हस्तान्तरणको थलो जस्तै ज्वलन्त उदाहरण पनि हो । ३६ वर्ष देखि बरघर गर्दै आएका वडा नम्बर ३ का हरि प्रसाद थारुले गाउँका भएका चाहे सामाजिक हरेक कार्यको समाधान गरेको बताए । सरकारी मान्यता नभए समस्या हुने गरेको बताउँदै पछिल्लो समयमा टोल विकास संस्थाले बरघर प्रथालाई हस्तक्षेप गरेको जनाए । जुन न्यायालयको कार्य गर्दछ, समुदाय विकासमा महत्त्वपूर्ण निर्वाह गर्छ त्यसलाई ओझमा पारिएको बताए ।

अब भने यसलाई संरक्षण गर्दै कला, संस्कृति र परम्पराको महत्त्व बचाउन बरघर प्रथालाई सशक्त बनाउन आवश्यक छ । यिनै बरघरहरू गाउँघरका विवाद सुल्झाउने, जात्रा–चाडपर्व सञ्चालन गर्ने र नयाँ पुस्तामा मूल्य बोध र अनुशासन हस्तान्तरण गर्ने ‘स्थानीय अदालत’ अर्थात् न्यायिक प्रणाली झैँ रहँदै आएका छन् । थारु समुदायमा परापूर्व कालदेखि नै बरघर परम्परा चल्दै आए पनि अहिले लोपोन्मुख रहेकोले पछिल्लो पुस्ता र गैर थारुमा बरघर के हो भन्ने बारे अन्यौलता हुने गरेको छ ।

बरघर के हो ?
थारु समुदायमा बरघर भन्नाले गाउँको परम्परागत अगुवा, न्यायकर्ता र मार्गदर्शकलाई जनाइन्छ । कुनै पदमा नियुक्त हुने होइन, समाजले भरोसा गर्ने व्यक्तिलाई नै बरघर बनाउने चलन छ । उनीहरूको निर्णय समुदायका लागि अन्तिम मानिन्छ । जसमा स्थानीय सद्भाव, जातीय परम्परा र व्यवहारिक सन्तुलन कायम गरिन्छ ।  “बाँच्न त सबै बाँचिरहेका छन्, तर आफ्नै तरिकाले बाँच्न पाउने अधिकार हामीसँग हराउँदै गएको छ ।” कार्यक्रम सहभागी बरघर उमेश थारुले भावुक हुँदै भने । “बरघरले गर्ने सामाजिक कार्यहरूलाई सरकारले बेवास्ता गरेपछि हामी आफैँ आफ्नै समुदायसँग टाढिँदै गएका छौँ ।”

सांस्कृतिक सङ्कटमा बरघर परम्परा
कपिलवस्तुको उमरीमा हालै सम्पन्न ‘बरघर क्षमता अभिवृद्धि कार्यक्रम’ मा सहभागी बरघरहरू एक स्वरमा बोले– “हाम्रो परम्परालाई अब कानुनले मान्यता दिनुपर्छ ।” यसले बरघरहरूको क्षमता विकास, सामाजिक संवाद सुधार र कानुनी चेतनाको प्रसार समेत भएको छ । थारु परम्पराहरू हराउँदै छन्, अनि अस्तित्वको लडाइँ सुरु भइसकेको छ । “बरघर प्रथा छैन भने हाम्रो चाडपर्व पनि छैन ।” इमिल डिहवाकी बरघर माधुरी थारुले भनिन्- “पञ्चायती मिलाप, सामूहिक सहमति र बिना प्रहरीकै मेलमिलाप– बरघरको काम यस्तो थियो । आज हामी यसैलाई लाज मान्न थाल्यौँ ।”

कानुनी मान्यताको माग
तालिममा सहभागी अगुवाहरूले बरघर प्रथालाई कानुनी संरचना भित्र समेट्नुपर्ने माग राखे । उनीहरूका अनुसार परम्परागत न्याय प्रणालीले धेरै ग्रामीण समस्याहरू प्रहरी वा अदालतमा जान नपर्ने बनाउँछ । “हामी अपराधीको पक्ष लिँदैनौँ तर अन्याय भयो कि हाम्रो शैलीले मेल गराउँछौँ । यो हाम्रो विधि हो - शिवराज बरघर नगर समितिका अध्यक्ष प्रभु प्रसाद थारुले भने ।  अहिले केही स्थानीय सरकारले बरघरहरूको संलग्नतामा मेलमिलाप केन्द्र चलाइरहेका छन् । तर त्यो प्रयास नैसर्गिक परम्परालाई संस्थागत गर्ने पर्याप्त आधार बनेको छैन । कानुनी रूपमै थारु परम्परागत न्याय संरचनालाई समेट्ने कुरामा थरूहट क्षेत्रका अगुवाहरू एकमत छन् ।

एकताको सन्देश
कार्यक्रमको समापनमा सबै बरघरहरूले थारु समुदायको पहिचान जोगाउन एकजुट हुने प्रतिबद्धता जनाए । “हामी भाषा, भेष भूषा र विश्वाससहितको समाज हौँ । आज जोगाएनौँ भने भोलि हामी कथामा मात्रै बाँकी रहनेछौँ,” बरघरका केन्द्रीय सदस्य खुसीराम थारुको गहकिलो भनाइले गम्भीर बनायो । त्यति मात्र नभएर शिवराज नगरपालिकाका गाउँमा हुने हरेक विवाह एकरूपता ल्याउन प्रतिबद्धता जनाएको थाकसा नगर अध्यक्ष प्रकाश चौधरीले जनाए । उनका अनुसार हरेक गाउँ टोलहरूमा थारु समुदायको रीतिरिवाज विवाह प्रथामा समेत ऐक्यबद्धता समेत जनाएका छन् । बरात स्वागत कराई (जन्ती स्वागत) १ हजार ५ सय, भुईँ धम्का १ हजार ५०, सुरहा भन्सरिया ३ हजार, लोट बोक्वा लिन पाउने छन् । यस्तै सामग्रीहरूमा ७ वटा पान, ७ थान भेली, ७ प्याकेट खुकुरी चुरोट, १ थान साबुन, १ थान तेल, १ थान सेन्ट ७ प्याकेट सुर्ती हरेक विवाहमा लिन दिन पाइने छ, अन्यथा स्थानीय गाउँका बरघरलाई कारबाही गरिने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?