ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

क्यान्सर जित्ने बढे, उपचार भने महङ्गै

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

काठमाण्डौं, २९ जेठ ।

“क्यान्सर” भन्ने बित्तिकै पनि स्वस्थ मानिसलाई गलाउँछ । यसले केवल शरीर मात्र गलाउँदैन, बिरामीको मानसिकता, परिवारको आर्थिक र मानसिक अवस्था, भावनात्मक र सामाजिक जीवनमा पनि ठुलो असर पुर्याउँछ । खर्चिलो उपचार र उपचार पनि कठिनपूर्ण हुने भएकोले पनि यो रोग सुन्ने बित्तिकै मान्छे आत्तिन्छन् । अहिले नेपालभरि यस्तै पिडा धेरै परिवारले भोगिरहेका छन् । एकातिर क्यान्सरका बिरामी दिनदिनै बढ्दै छन्, अर्कातिर उपचारको खर्चले परिवारको सम्पत्ति नै सकिने अवस्था छ । तर, समयमै पहिचान र उपचार भए क्यान्सर जित्न सकिने उदाहरण पनि कम छैनन् ।

रोगको पहिचान समयमा नै हुने र आत्मबल बढाएर उपचार राम्रोसँग गर्न सके रोग जितेर पुरानै अवस्थामा फर्कन पनि सम्भव छ । खर्चिलो उपचारका कारण सबैभन्दा धेरै समस्यामा सर्वसाधरण पर्ने गरेका छन् । पूर्णरुपमा सन्चो हुने आशमा उपचार गर्दा घरखेत बेच्नुपर्ने नियती कतिले भोग्नु परेको छ । कति सन्चो भएका छन् भने कतिको न ज्यान रहने न धन रहने अवस्था पनि छ ।

जसले समयमै पहिचान गरी उपचार गराए । फेरि सामान्य जीवन जिउँदैछन् । त्यसैले, क्यान्सर लाग्दैमा नआत्तिन उनीहरुले सुझाव पनि दिने गरेका छन् । यो रोग जित्ने नेपालीहरूको कथा पनि छन् ।

रुपन्देहीको शंकरनगरकी कविता अर्याल स्तन क्यान्सरलाई जितेर अहिले स्वस्थ छिन् । तीन वर्ष अगाडि छोरीको सल्लाहमा मेमोग्राफी गराएकी अर्यालको रिपोर्टमा स्तन क्यान्सर देखियो । आत्मबल दह्रो बनाएर छोरीको सल्लाहमा ललितपुरको नेपाल क्यान्सर अस्पतालमा लामो समय उपचार गराएकी अर्याल अहिले सामान्य जीवन यापन गरिरहेकी छिन् । “मेमोग्राफीको रिपोर्टमा क्यान्सर देखियो । आत्मबल बलियो बनाएर उपचारमा लागें । अहिले स्वास्थ्य अवस्था सामान्य नै छ”, उनले भनिन् । क्यान्सरको उपचार असाध्यै महङ्गो र सर्वसाधारणको पहँुच बाहिर भएको उनी बताउँछिन् । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा ८ सय ५० मा हुने उपचार नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा ६ हजार लागेको अनुभव उनको छ । “१६ वटा केमोथेरापी र १९ वटा रेडियशन गराउनुपर्यो । गाह्रो पनि हुन्थ्यो तर आत्मबल कमजोर हुन दिइन । अहिले स्वस्थ छु ।”

प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गराउनुपर्छ । ५ देखि १० वर्ष औषधी खानुपर्ने डाक्टरको सल्लाह बमोजिम औषधी खाइरहेकी छिन् । उनले भनिन्, “स्वास्थ्य भन्दा ठुलो केही होइन । समय समयमा स्वास्थ्य परीक्षण गराउँ । हेलचेक्राइँ नगरौ । सुरुकै अवस्थामा पत्ता लागेकोले उपचार सम्भव भयो ।” शंका लाग्ने बित्तिकै अस्पताल जाने । हतोत्साहित नभई उपचार गरे रोगलाई जित्न सकिने सुझाव दिन्छिन् उनी । क्यान्सर जस्ता दीर्घरोगका लागि सरकारले विशेष नीति ल्याउनुपर्छ । पैसाको अभावमा कसैले उपचार नपाएर मृत्युवरण गर्नु नपरोस् । क्यान्सरसँगको लडाईका लागि परिवार र आफन्तको साथ, सहयोग र हौसला एकदमै आवश्यक हुने उनको भनाई छ ।

चितवनका ३५ वर्षका हरि शर्मा पनि क्यान्सर जस्तो घातक रोगलाई जितेर अहिले स्वस्थ जीवन बिताईरहेका छन ।४२ वर्षीय शर्माको जीवन सामान्य चलिरहेको थियो, उनलाई मुखको क्यान्सर देखियो । चितवनकै भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएका उनले उपचार महङ्गो र झन्झटिलो भएको बताए । नयाँ जीवन पाएकोमा खुशी ब्यक्त गर्दे उनले भने, “धुम्रपानका कारण मुखको क्यान्सर भयो । उपचारमा धेरै खर्च पनि भयो । उपचार गर्न गाह्रो भयो ।” “साथीभाई, आफन्त र घरपरिवारको सहयोगले म आज जिउँदै छु र जीवनलाई नयाँ अवसरका रूपमा लिन्छु”– उनले भने–“क्यान्सर देखियो आफूसँग उपचार गर्ने पैसा छैन । घर बेचेर, ऋण लिएर पनि उपचार गर्नुपर्ने अवस्था आयो । तर मान्छे बाँच्नु नै सबैभन्दा ठूलो कुरा हो । आज म जिउँदो छु । घर त फेरि पनि बनाइएला ।”

नेपाल सरकारले क्यान्सर पीडितलाई प्रारम्भिक स्तरमा राहत स्वरुप १ लाख औषधीका लागि भनेर उपलब्ध गराउँछ । त्यस्तै, प्रादेशिक स्तरमा थप  ५० हजार र कुनै प्रदेशले २ लाखसम्म उपलब्ध गराउँछन् । त्यसैगरी क्यान्सर बिरामीलाई वडाबाट औषधीका लागि भनेर मासिक  ५ हजार दिने व्यवस्था छ । जुन विपन्न बिरामीका लागि प्रारम्भिक उद्धार कार्यक्रम हो । तर क्यान्सर उपचारको पूर्ण खर्च लाखौँ रकम लाग्छ । सरकारी प्रक्रिया झन्झटिलो र आर्थिक अवस्था कमजोर हुनेका लागि यो सहयोग त केही पनि नहुने बिरामीका आफन्तले बताउँछन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को रिपोर्ट अनुसार नेपालमा पुरुषमा सबैभन्दा बढी फोक्सो, मुख, पेटको क्यान्सर देखिन्छ भने महिलामा स्तन, फोक्सो, गर्भाशयको मुख र ग्यालब्लाडर बढी देखिएका छन् । स्तन र ग्यालब्लाडर क्यान्सर काठमाडौँ उपत्यकामा तीव्र रूपमा बढिरहेको तथ्यांकहरूले देखाएका छन् । नेपालमा पछिल्ला वर्षमा क्यान्सरको बिरामीको संख्या र मृत्यु दर दुवै तीव्र रूपमा बढ्दै गएको छ । नेपालमा भन्दा भारतमा उपचार राम्रो हुने भ्रममा धेरै नेपाली उपचारमा लागि भारत लगायत अन्य मुलुकमा समेत जाने भएकाले यसको यकिन तथ्याङ्क भने पाउन गाह्रो छ ।

त्यस्तै, ग्लोबलक्यान २०२२ र नेपाल क्यान्सर रजिष्ट्रेशन कार्यक्रमको रिपोर्ट अनुसार नेपालमा हरेक वर्ष २२ हजारभन्दा बढी मानिसलाई नयाँ क्यान्सर हुन्छ भने १५ हजार जति बिरामीको मृत्यु यसै रोगका कारण हुने गर्छ ।

क्यान्सरबाट कसरी बच्ने ?

क्यान्सर चुनौतीपूर्ण रोग भए पनि, निरन्तर बढ्दो जनचेतना र स्वास्थ्य प्रविधिको विकासले यसलाई जित्ने सम्भावना थपिएको छ । परिवार, स्वास्थ्यकर्मी र सरकारले सहकार्य गरी उपचारको पहुँच विस्तार गर्दा धेरै नेपालीले यस रोगलाई जित्नेछन् । क्यान्सरबाट नडराउने, सजग हुने र समयमै उपचार गराउने संस्कृतिले मात्रै हाम्रो समाजलाई यस रोगबाट मुक्त बनाउन सकिने क्यान्सर रोग बिशेषज्ञ बताउँछन् ।

क्यान्सर रोग बिशेषज्ञ डा. अरुण शाही क्यान्सर नाम सुन्ने बित्तिकै डराउनु नहुने समयमै स्क्रिनिङ गराएर चाँडो उपचार थालिएमा धेरै क्यान्सर ठीक हुने बताउँछन् । स्तन र गर्भाशयको मुखको क्यान्सरमा ८० प्रतिशत भन्दा बढी बाँच्ने सम्भावना हुन्छ । “आजको प्रविधि र उपचार विधिले धेरै क्यान्सर सफलतापूर्वक निको पार्न सकिन्छ । मुख्य कुरा भनेको समयमै पहिचान र निरन्तर उपचार हो ।”

धुम्रपान र मद्यपानबाट बच्ने, सन्तुलित आहार लिने र नियमित व्यायाम गर्ने, वर्षमा एकपटक स्वास्थ्य परीक्षण, स्तन, पाठेघरको मुख, फोक्सोको स्क्रिनिङ गराउने, एचपिभी खोप लिने, समयमै डाक्टरको सल्लाह र उपचार लिनु नै क्यान्सर जस्तो घातक रोगबाट जोगिने उपाय भएको डाक्टर शाही बताउँछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?