© २०२३
कपिलवस्तु, २९ जेठ । सरकारले आगामी आर्थिक बर्षको लागि बजेट भाषण मार्फत लगाएको अव्यवहारिक कर प्रति असन्तुष्ट कपिलवस्तुका सुनचाँदी व्यवसायी आन्दोलित भएको छन । कपिलवस्तु सुन चाँदी व्यवसायी संघका अध्यक्ष देवी प्रसाद वर्माको नेतृत्वमा उपशाखा चन्द्रौटा सुनचाँदी व्यवसायी संघ र बाणगंगा नगर सुन चादी व्यवसायी संघको संयुक्त टोलीले बिरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
कपिलवस्तु सुनचाँदी व्यवसायी संघका अध्यक्ष वर्माले प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्रमा आर्थिक बर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सरकारले सुनचाँदी, हिरा, जवाहतरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको आरोप लगाईएको छ । सो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला व्यवसायी आफ्नो ब्यवसाय बन्द गर्नु पर्ने अवस्थामा पुग्ने उल्लेख छ ।
त्यसैले सुन र सुनका गरगहना म लगाएको प्रतिशतको विलासिता कर तथा हिरा जवारात बहुमुल्य गहना म लगाएको १३ प्रतिशत भ्याट खारिज गर्न तथा नेपाल सुन चादी व्यवसायी माहासंघले २०७४ साल देखि माग गर्दै आएको नीति निर्देशिका जारी गर्नु पर्ने माग गरिएको छ । बिरोधमा उत्रिएका व्यवसायीले सुनमा हाल लगाउदै आएको १० प्रतिशत भंसारलाई ६ प्रतिशतमा झार्नु पर्ने माग राखेका थिए । जेठ २९ गते देश भरिका पसल बन्द गरि न्याली निकालेर बिरोध जनाएका व्यवसायीले ज्ञापन पत्र दिए सगै जेठ ३० गते देश भरिका सुन चादी पसल बन्द गर्ने जनाएका छन ।