Butwal Today

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

२८ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ  ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको साइबर ब्युरोले पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी गरेको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको आरोपमा पक्राउ अनुमति लिइएको हो।

प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार, पक्राउ भएपछि मात्रै विस्तृत जानकारी उपलब्ध हुने भएकाले हाल केही जानकारी दिन सकिएको छैन।

पाठकविरुद्ध परेको उजुरीको विषय खुलाइएको छैन, तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आर्जु राणाका छोरा जयवीरले हिल्टन होटलको सेयर खरिदसम्बन्धी पत्रकारितासँग जोडिएको बताइएको छ। उक्त विषयमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गर्दै सेयर खरिद विक्रिको समाचार खण्डन गरेको थियो र कानुनी कारबाहीको चेतावनी पनि दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?