ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

नागरिकमा भरोसा बढ्दै आयुर्वेदिक उपचार

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

लमही, २८ जेठ ।

लमही नगरपालिका अन्तर्गत सञ्चालित नागरिक आरोग्य सेवा केन्द्र मार्फत आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको साढे १० महिनामै ५, हजार भन्दा बढी सेवाग्राहीले केन्द्रबाट स्वास्थ्य सेवा लिएका छन् । गत आर्थिक वर्षभरिमा सेवा लिनेको सङ्ख्या ३, हजारमा सीमित रहेको थियो । सेवा केन्द्रले अम्लपित्त, वाथ, युरिक एसिड, पायल्स, फिसर, फिस्टुला, मधुमेह, जन्डिस, रक्तचाप, दम, छालाका एलर्जी, नसासम्बन्धी तथा आन्द्रासम्बन्धी समस्याका लागि प्राकृतिक उपचार प्रदान गर्दै आएको छ ।

केन्द्र प्रमुख सरिता खनालका अनुसार सेवाको गुणस्तर, सहज पहुँच र निःशुल्क औषधी वितरणले नागरिकको विश्वास बढेको हो । उनले भनिन्, “सुलभ र गुणस्तरीय सेवा पाउँदा सेवाग्राहीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित कार्यक्रम पनि प्रभावकारी बनेका छन् ।”

नगरपालिकाले सामुदायिक स्तरमै आयुर्वेदिक सेवा विस्तार गर्ने उद्देश्यसहित नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । अहिले केन्द्रको भौतिक पूर्वाधार विस्तार तथा सेवा स्तरीयकरणको योजना अघि सारिएको छ । नगर प्रमुख जोगराज चौधरीले केन्द्रबाट उत्पादित आयुर्वेदिक औषधीको खुलेर प्रशंसा गर्दै स्थानीय वासीलाई प्रयोग गर्न आग्रह गरेका छन् । उनले भने, “मैले आफैँ निरन्तर यी औषधी प्रयोग गर्दै आएको छु । यसले मलाई धेरै फाइदा दिएको छ। दीर्घकालीन स्वास्थ्य लाभका लागि प्राकृतिक उपचार उत्तम विकल्प हो ।

”केन्द्रमा प्रयोग हुने औषधीहरू स्थानीय जडीबुटीबाट तयार पारिएका छन् । सेवाग्राहीहरूको अनुभव पनि सकारात्मक देखिएको छ । लमही नगरपालिका–५ का रामलखन चौधरी, जो वर्षौँदेखि पेट र जोर्नीको समस्याबाट पीडित थिए, अब आयुर्वेदिक औषधी प्रयोग गरेपछि आफूमा उल्लेखनीय सुधार आएको बताउँछन् । “महँगा औषधी र अस्पतालको झन्झटबाट थाकेपछि वैकल्पिक उपचार रोजेँ । नागरिक आरोग्य सेवा केन्द्रको औषधी प्रयोग गर्न थालेपछि स्वास्थ्यमा सुधार आएको छ,” उनले सुनाए ।

स्थानीयवासीले समयमै सहज रूपमा गुणस्तरीय सेवा पाएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । यसले लमहीमा आयुर्वेदिक उपचार प्रणालीप्रति जनविश्वास झनै मजबुत बनाएको देखिन्छ।स्थानीय तहमा सुलभ, गुणस्तरीय र प्राकृतिक उपचारको पहुँचले लमहीमा आयुर्वेदप्रति जनविश्वास थप गहिरिएको छ । सेवा विस्तार तथा स्तरीकरणको योजनाले यो प्रवृत्ति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?