© २०२३
बुटवल, २७ जेठ। क्रिकेट खेलको विकास र युवा खेलाडीलाई प्रोत्साहन गर्ने गरि बुटवलमा क्लब स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा जेठ ३० देखि असार ७ गतेसम्म उजिरसिह रनिङशिल्ड टिट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो ।
नरेश्वर क्रिकेट रंशशालामा हुने प्रतियोगितामा हुने प्रतियोगिताको तयारी पुरा भएको बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि बुटवल क्रिकेट विकास समितिका कावा अध्यक्ष रोमित बज्राचार्यले बताए । न्यु होराईजन क्लब, वेष्ट्रन क्रिकेट क्लब , गोलपार्क क्रिकेट क्लब, बुटवल ईलाभेन क्रिकेट क्लब, जेआर क्रिकेट क्लब, बुटवल युथ गरि ६ टिम सहभागी हुने प्रतियोगिता टिट्वान्टी फरमेटमा ड्युजबलबाट खेलाइने उनले बताए ।क्रिकेट विकासका लागि युवा खेलाडी प्रोत्साहन हुने गरि विभिन्न कार्यक्रमहरुसमेत गर्दै आएको उनले बताए । सात वर्षिय खेलाडी अनुष्का खत्रीलाई खेलकुद सामग्री र विद्यालयमा छात्रवृत्ति प्रदान, लुम्बिनी प्रदेशबाट यु १६ छनौट भएका खेलाडी रोजन कुमाललाई सहयोग गरेको उनले बताए ।
प्रतियोगिताको उपाधि विजेताले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक भुवन पाण्डेले बताए । यसैगरि प्रतियोगितामा म्यान अफ दी सिरिज ३५००, कप, मेडल, प्रमाणपत्र, उत्कृष्ट बलर, ब्याट्सम्यानलाई नगद २५०० रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
कार्यक्रममा बुटवल क्रिकेट क्लबका संस्थापक अध्यक्ष गंगाराम सुनारले प्रतियोगितालाई निरन्तरता दिन जरुरी रहेको बताए । प्रतियोगिता आयोजना गर्न पाच लाख रुपैया खर्च हुने अनुमान रहेको समितिका सहसचिव आयुष बोगटीले बताए । गतवर्ष बेष्ट्रन क्रिकेट एकेडेमी विजेता र न्यु होराईजन क्लब उपविजेता रहेको थियो ।