© २०२३
काठमाडौँ ।
ब्राजिलले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। बुधबार बिहान सम्पन्न समूह चरणको खेलमा ब्राजिलका लागि निर्णायक गोल भिनिसियस जुनियरले पहिलो हाफको ४४औं मिनेटमा गरेका थिए। उनले म्याथु चुन्हाको पासमा उत्कृष्ट फिनिश गर्दै टोलीलाई जित दिलाए।
यस जितसँगै ब्राजिल फिफा विश्वकप २०२६ मा छनोट हुने १२औं टोली बनेको छ। अहिलेसम्म १२ राष्ट्रले स्थान सुरक्षित गरिसकेका छन् भने विश्वकपमा ४८ राष्ट्र सहभागी हुने भएकाले अब ३५ स्थान खुला छन्।
फिफा विश्वकपको प्रत्येक संस्करणमा छनोट हुने ब्राजिल एक मात्र टोली हो। उसले सन् १९३० यता हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ। पाँच पटकको उपाधि जितिसकेको ब्राजिलले यसपटक पनि आफ्नो निरन्तरता कायम राखेको छ।
यो जित ब्राजिलका प्रशिक्षक कार्लो एसेन्लोटीको नेतृत्वमा पहिलो सफलता हो। उनले सम्हालेको पहिलो खेल इक्वेडरसँग गोलरहित बराबरीमा टुंगिएको थियो।
खेलपछि भिनिसियसले प्रतिक्रिया दिँदै भने, “हामीलाई विश्वकपमा छनोट हुनु आवश्यक थियो। हामीले अझै राम्रो गर्न सक्थ्यौं, तर मुख्य कुरा भनेको जित्नु हो।”
त्यस्तै, पेरुसँग गोलरहित बराबरी खेलेको इक्वेडर पनि विश्वकपमा छनोट भएको छ। इक्वेडरले १३औं टोलीको रूपमा स्थान बनाएको हो।
यसैबीच, साविक विजेता अर्जेन्टिनाले कोलोम्बियासँग १–१ को बराबरी खेलेको छ भने उरुग्वेले भेनेजुएलामाथि २–० को जित निकालेको छ।