ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

हरिया नोटले बढायो सल्यानमा तरकारी किसान

जिल्लामा व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरूको सङ्ख्या बिस्तारै बढ्दै गएको देखिन्छ । युवा तथा महिलाहरू समेत मनग्ये आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतीका लागि लगानी गरिरहेका छन् ।
२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

सल्यान, २८ जेठ ।

जिल्लाकै त्रिवेणी गाउँपालिका पनि पछिल्ला वर्षहरूमा व्यावसायिक ताजा र बेमौसमी तरकारी खेतीको नमुना बनेको छ । गाउँपालिकाका कृषि विकास शाखा प्रमुख लक्ष्मी चन्द बबालका अनुसार किसानले उत्पादन गरेको तरकारीबाट राम्रो आम्दानी गर्न थालेपछि तरकारी खेतीमा किसानको आकर्षण बढेको हो । पालिकामा संचालमा आएका तरकारी हाटबजारले कृषकहरूलाई ताजा तरकारी तथा फलफूल बजारमा पु¥याउन सहज बनेको चन्द बताउँछिन् । उनका अनुसार पालिकाभित्र सल्लेखोला, टुनिबोट र फलावाङ गरेर तीन वटा तरकारी बजार छन् ।

उनले भनिन्, “हाम्रो पालिकामा किसानहरू समूह, सहकारीमा आबद्ध भएर खेती गरिरहेका छन् । गएको सिजनमा मात्रै तीन कृषक समूहले ४ लाख ३३ हजार किलोभन्दा बढी तरकारी उत्पादन गरी एक करोड ४२ लाखभन्दा बढी बिक्री भएको छ ।” त्रिवेणी गाउँपालिकाका अनुसार वडा नं., ५ सल्लेखोलाका ४२ कृषकले एक लाख ३३ हजार किलो तरकारी बिक्री गरेर ५३ लाख ३१ हजार, वडा नं. ६ टुनिबोटका २८ कृषकले दुई लाख ५० हजार किलो बिक्री गरी ७५ लाख र नयाँ सन्देश समूहका ३० कृषकले ५० हजार किलो बिक्रीबाट १४ लाखभन्दा बढी आम्दानी गरेको कृषि विकास शाखा प्रमुख बबालको भनाइ छ ।

सल्यानका किसानहरूले विशेष गरी गोलभेँडा, बन्दा गोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कूस, मूला, गाजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन् । फलफूलहरूमा सुन्तला, आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरूमा अदुवा, हरियो धनिया, प्याज, लसुन, खुर्सानी, टिमुर आदि उत्पादन गर्ने गरेका छन् । हिजोआज यहाँका पाखा बारी, खेत, काल्ना तथा खोला किनार जताततै लोभलाग्दो तरकारी खेती देख्न सकिन्छ । नेपालगञ्ज, बुटवल, धनगडी, घोराही, तुलसिपुर लगायत विभिन्न ठाउँबाट व्यापारीहरू आएर तरकारी खरिद गरी लैजाने गरेको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

सल्यानमा व्यावसायिक रूपमा तरकारी खेती गर्नेहरूको सङ्ख्या बिस्तारै बढ्दै गएको देखिन्छ ।  युवा तथा महिलाहरू समेत मनग्य आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय सरकारदेखि विभिन्न सरकारी निकायले पनि तरकारी खेतीका लागि लगानी गरिरहेका छन् । गाउँपालिकाले उत्पादनको आधारमा कृषकलाई नगद तथा प्राविधिक अनुदान प्रदान गर्दै आएको भन्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले उत्पादन राम्रो गर्ने कृषकलाई टनेल, सिँचाइ उपकरण, जैविक मल, बीउ र प्राविधिक सल्लाह प्रदान गर्ने गरिएको बताए । तरकारी खेतीबाट यस क्षेत्रका किसानको आयआर्जनमा महत्त्वपूर्ण योगदान पुगेको छ । यहाँको तरकारी खेतीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कपुरकोट र समग्र सल्यानलाई चिनाएको छ ।

यसैबीच बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध सल्यानको कपुरकोटमा यो वर्षको तरकारी बजार सुरु भएको छ । किसानले खेती गरेको तरकारी विक्रीका लागि तयार भइसकेकाले कृषि उपज बजार केन्द्रले बजार सञ्चालनमा ल्याएको हो । कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्दछ भने गाउँपालिकाकै सितलबजार र बगालेमा पनि अन्य बारमा बजार लाग्ने गरेको छ । कृषि हाटबजारको पहिलो दिन टमाटर ६० देखि ६५, बन्दा गोभी ५ देखि १०, फुलगोभी ५५ देखि ६०, भेडे खुर्सानी १०० देखि १०५, मोटो खुर्सानी १०० रुपैयाँ प्रतिकिलोका दरले कारोबार भएको कृषि उपज बजार केन्द्र सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए । यस्तै सिमी ६५ देखि ७०, काँक्रो खिरा ३० देखि ३५, धनिया २००, बोडी ८० र माछे खुर्सानी ८० रुपैयाँ किलोका दरले किसानले बिक्री गरेका छन् ।

सल्यानमा पछिल्लो समय बेमौसमी ताजा तरकारी खेतीको लहर चलेको छ । विशेष गरेर जिल्लाको कपुरकोट गाउँपालिकामा किसानहरूले व्यापक रूपमा तरकारी खेती गर्दै आएका छन् भने त्रिवेणि, छत्रेश्वरी, शारदा, सिद्धकुमाख लगायतका क्षेत्रमा पनि व्यवसायीक रूपमा ताजा तरकारी खेती हुनेगरेको छ । वि.सं. २०४७ सालदेखि नै बेमौसमी ताजा तरकारी एवं फलफूल खेती हुँदै आएको कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यवसायीक रूपमा खेती गर्दै आएको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष शर्माले जनाए । देशकै ठुला तरकारी बजारहरू मध्ये पर्ने कपुरकोट तरकारी हाटबजारमा ताजा तरकारी र फल फुल खरिदका लागि विभिन्न सहर बजारबाट व्यापारीहरू आउने गर्दछन् । २०८१, असार देखि कार्तिकसम्म कपुरकोटमा मात्रै ५० करोड बढीको बेमौसमी ताजा तरकारीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?