ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

सुनचाँदी व्यवसायहरु आन्दोलनमा, विलासिता कर र भ्याट खारेजीको माग

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

बुटवल, २८ जेठ । बुटवल सुनचादी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै आवहान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघ, नेपाल सुनचादी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको खारेजीको माग गर्दै अरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।

संयुक्त रूपमा गरिएको चरणबद्ध आन्दोलनको कार्यक्रमका बारेमा छmफल गर्न बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको बुधवार बसेको आकस्मिक बैठकले आफ्ना सबै व्यवसायीहरुलाई घोषित कार्यक्रमलाई सफल बनाउन आवहान गर्दै एकजुट हुन अनुरोध गरेको छ । बैठकपछि संघका अध्यक्ष गकुल विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै घोषित कार्यक्रम अन्तरगत जेठ २९ र ३० गतेको दुई दिन व्यवसाय(पसल) बन्द गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।
विज्ञप्तिमा सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाई व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना गरिएको जनाइएको छ ।

अहिले पनि छिमेकि भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दरमा एकरुपमा नहुदाँ नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था रहेको उल्लखे गर्दै वजेट वक्तव्यमार्फत लिएको निती कार्यान्वयन भएमा व्यवसायमा नकरात्मक असर पर्ने जनाइएको छ ।

बैठकमा महासंघका केन्द्रीय सदस्यद्वय चेतनारायण विक र दिपककुमार विक, संघका वरिष्ठ सल्लाहाकार जोगलाल विश्वकर्मा, प्रदेश उपाध्यक्ष हरि बहादुर सुनार, सल्लाहाकार सुरशरत्न बज्राचार्य, उपाध्यक्ष कृष्ण सुनार, सहसचिव इन्द्रबहादुर सुनार, कोषाध्यक्ष दलबहादुर सुनार, सहकोषाध्यक्ष सरोज गहतराजलगायतले सुझाव राख्नु भएको थियो ।
चरणबद्ध आन्दोलनका क्रममा आफ्ना मागसहितको व्यानर पसल पसलमा व्यानर राख्ने, कालो झण्डा राख्ने, कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने, विरोध पत्रको रजिष्ट्रर तयार गरी ग्राहकहरुको हस्ताक्षर संकलन गर्ने र जिल्लारनगर संघहरु मार्फत विरोध स्वरुप सार्वजनिक स्थलमा सेतो कपडामा हस्ताक्षर संकलन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ ।

संघले सुन तथा सुनका गरगहनामा लागु गरिएको बिलासिता २ प्रतिशत र हिरा तथा जवहारात जडित गरगहनामा लागु गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल पुनरबिचार गरि खारेज गर्न, सुनंचाँदिको कारोबारलाई दिर्घकालिन रुपमा प्रोत्साहित गर्न छिटो भन्दा छिटो ऐन नियम तथा नितिहरु निमार्ण गर्न, नेपाल राष्ट्र बैंकबाट जारि गरिएको परिपत्र अनुसार बैंकहरुबाट निकासा गरिने सुन साना व्यवसायहरुका लागि १०० ग्राम÷२०० ग्रामसम्मका परिमाणमा प्रदेशस्तर मै स्थानिय बैंकहरुले उपलब्ध हुने व्यवस्था गर्न तथा छिमेकी मुलुक भारतमा भन्दा नेपालमा लिइने भन्सार दर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जसरी नै ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?