Butwal Today

प्रतिनिधिसभा अवरुद्ध: गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिपक्षीको नाराबाजी

२८ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले बुधबार पनि अवरोध जारी राखेका छन्। जेठ १३ गतेदेखि लगातार बैठक अवरुद्ध गर्दै आएका उनीहरूले आज पुनः गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै नाराबाजी गरे।

सभामुख देवराज घिमिरेले माइक नदिए पनि प्रतिपक्षी सांसदहरूले “मानव तस्करलाई कारबाही गर” र “गृहमन्त्री राजीनामा दे” भन्ने नारा उच्च स्वरमा लगाएका थिए। नाराबाजीको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ र हरि ढकालले गरेका हुन्।

विपक्षीको निरन्तर अवरोधका कारण संसद सञ्चालन असम्भव भएपछि प्रतिनिधिसभाको बैठक २९ गते दिउँसो ३ बजे सम्मका लागि स्थगित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?