ट्रेंडिंग:

>> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने

अनेरास्ववियु महाधिवेशन : निर्वाचन समितिले उम्मेदवारको कागजात परीक्षण परीक्षण

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

काठमाडौँ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको कागजात र उमेर परीक्षण सुरु गरेसँगै मतदान प्रक्रिया थालिएको हो।

निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेबाट मतदान सुरु हुने भनिए पनि कागजात रुजु र उमेर परीक्षण प्रक्रियाका कारण ढिलाइ भएको हो। अनेरास्ववियुमा उमेर सीमा ३२ वर्ष तोकिएकाले निवर्तमान चार उपाध्यक्ष र एक महासचिव उमेर हदका कारण उम्मेदवार बन्न पाएनन्। यसले नयाँ पुस्ताबाट नेतृत्व चयनको बाटो खुलेको छ।

अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेलबीच प्रतिस्पर्धा भइरहेको छ। अध्यक्ष मण्डलले कडरियालाई अध्यक्ष र पौडेललाई उपाध्यक्षमा प्रस्ताव गरे पनि पौडेल पक्षले विरोध जनाउँदै निर्वाचनको माग गरेपछि चुनावी प्रक्रिया अघि बढाइएको हो।

उपाध्यक्षमा खुला तर्फ पाँच र महिला तर्फ चार जनाले उम्मेदवारी दिएका छन्। खुलातर्फ भरत धामी, धर्मेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल, र रोहित बम प्रतिस्पर्धामा छन् भने महिला उपाध्यक्षका लागि अञ्जना शिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईं उम्मेदवार छन्।

महासचिव पदमा तीन जना—दीपक धामी, आरके रोमस र सुनिल कँडेल—बीच प्रतिस्पर्धा हुँदैछ। कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन्।

त्यस्तै उपमहासचिवमा कमल जोशी, अमर शाही र प्रेमिका शाही प्रतिस्पर्धी छन्। सचिव पदमा भने मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतका उम्मेदवार मैदानमा छन्।

निर्वाचन प्रक्रिया सम्पन्न भएपछि आजै विद्युतीय मतदान प्रणालीमार्फत परिणाम सार्वजनिक गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?