ट्रेंडिंग:

>> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

बिजुलीको झ्यापझ्याप कहिलेसम्म ? 

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

नेपाल विद्युत् प्राधिकरण भन्छ– नेपालमा लोडसेडिङ छैन । तर, यता उपभोक्ता भने छिनमा आउने र छिनमै जाने बिजुलीदेखि वाक्क भैसकेका छन् । अहिले पश्चिम तराईमा व्यापक गर्मी छ । यही बेला बिजुली कति बेला आउँछ र कति बेला जान्छ कुनै पत्तो हुँदैन । खासगरि साँझ र रातीको बेला झ्यापझ्याप बिजुली जाने समस्याले आम सर्वसाधारण दिक्क भैसकेका छन् । विद्युत् प्राधिकरण ट्रिपिङ र लो भोल्टेजको समस्या रहेको दाबी गर्छ । यता बढ्दो गर्मीले जनजीवन आक्रान्त बनेको छ । छिनैभरमा आउने र जाने (विद्युत् ट्रिपिङ) समस्याले स्थानीयले ठुलो सास्ती भोग्नु परेको छ । उपभोक्ता भन्छन्– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाए पनि समस्या चर्केर गएको छ । निश्चित रूपमा उपभोक्ताको आशङ्कामा बल पुग्ने काम भएको छ ।

कुलमान निष्कासनमा पर्ने बित्तिकै विद्युत् अनियमित हुन थालेको हो । एकातिर जेठको चर्को र उखरमाउलो गर्मी र अर्कोतिर विद्युतको अनियमितताले जनजीवनमा ठुलो असर परेको छ । बिजुली आउने जाने समस्याले उपभोक्तालाई हैरान त बनाएको छ नै विद्युतीय उपकरण बिग्रने जोखिम पनि बढाएको छ । विद्युत् प्राधिकरणले भने समस्या समाधानमा ध्यान दिएको छैन । विडम्बना के छ भने वर्षा लागेपछि विद्युत् उत्पादन बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली निर्यात गर्न थाल्छ तर नेपालका उपभोक्ताले पाएको सास्तीको भने ख्यालै छैन । अहिले नेपाल विद्युत् प्राधिकरणकै लापरबाहीका कारण विद्युत् आपूर्ति अनियमित भएको यथार्थ हो । विद्युत् आपूर्तिमा देखिएको अनियमितताको प्रकृति हेर्दा वितरणमा प्रयोग भएका कमसल उपकरण यसको कारक हुन । किनभने विद्युत् प्राधिकरणले हरेक वर्ष ट्रान्सफरमर परिवर्तन गरेको छ तर समस्या ज्यूँकात्यूँ छ ।

मौसमबीदहरूले यो वर्ष अधिक गर्मी हुने बताई रहँदा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई राहत दिनेतर्फ समयमै चासो समेत दिएको छैन । त्यसै पनि तराईमा यो वर्ष अधिक गर्मीको महसुस गरिएको छ । त्यसमाथि यही वर्ष विद्युत् प्राधिकरणले लाइन आउने जाने समस्या बढायो । जनमानसमा विद्युत् प्राधिकरणमाथि गम्भीर आरोप पनि लाग्दै आएको छ । एसी, इन्भर्टर लगायतका उपकरणको विक्री बढाएर प्राधिकरणका कर्मचारीले कमिसन खाने चक्करमा छिन छिनमा विद्युत् कटौती गरी जनतालाई दुःख दिने गरेको गुनासो छ । यो गुनासो अहिलेको मात्र होइन वर्षौँदेखि नेपाली जनताले गर्दै आएका छन् तर नेपाल विद्युत् प्राधिकरण यो विषयमा जवाफविहीन बन्दै आएको छ । विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्ने नै हो भने लोडसेडिङको घोषणा गरोस् ।

कार्य तालिका नै निकालेर विद्युत् कटौती होस् । विना जानकारी उपभोक्तामाथि विद्युत् कटौती थोपर्नु न्यायसङ्गत होइन । यदि उपकरणमा सुधार र सुदृढीकरण गर्नुपर्ने भए तत्काल गर्नुपर्दछ । अरू कारणले आपूर्तिमा गडबडी भएको भए त्यसको जानकारी दिन सक्नुपर्दछ । तर, विद्युत् प्राधिकरण पारदर्शी बन्न सकेको छैन । उपभोक्ताले विना सूचना लाइन काटिँदा समस्या परेको बत्ताइरहेका छन् । त्यसकै कारण विद्युतीय उपकरण बिग्रने समस्या बढेको छ भने बालबालिका बिरामी पर्ने समस्याका साथै साँझमा बिजुली जाँदा बालबालिकालाई पढ्न समेत समस्या परेको छ ।

वृद्ध वृद्धालाई रात काटन समस्या परिरहेको छ । विद्युत् प्राधिकरणका लागि यो सामान्य विषय होला तर आम जनताका लागि यो गम्भीर समस्या हो । त्यसैले विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लाज मानेको हो भने अर्कै कुरा, होइन भने आम उपभोक्तालाई गुमराहमा राखेर, पूर्व जानकारी नदिई लाइन काट्नु गम्भीर लापरबाही हो । अहिलेको उखरमाउलो गर्मीले आम उपभोक्ता समस्यामा परिरहेको अवस्थामा कम्तीमा बिजुली नजाने व्यवस्थातर्फ ध्यान जाओस् । कुलमान घिसिङ नभए पनि फरक पर्दैन भन्ने सरकारले उनी हट्ने बित्तिकै किन विद्युत् कटौती गरिरहेको छ ? जनताले प्रश्न गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?