© २०२३
काठमाडौँ ।
बाँके र दाङमा थप वर्षा हुने सम्भावना रहेकाले त्यहाँका खाेला नजिकका क्षेत्र तथा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले स्थानीय बासिन्दालाई सुझाव दिएको छ।
महाशाखाले आज (बुधबार, २८ जेठ) बिहान ४:५० बजे चेतावनी जारी गर्दै भनेको छ- पछिल्लो १ घण्टामा बाँके जिल्लास्थित सिक्टा, बैज्पुर वर्षामापन केन्द्र र दाङ जिल्लास्थित घोराही, पधमपुर वर्षामापन केन्द्र र आसपासsf क्षेत्रमा मध्यम वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकाले बाँके र दाङ जिल्ला भई वहने ससाना खोलाहरूमा बहाब बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ।