© २०२३
काठमाडौं, २७ जेठ ।
लागू औषध गाँजा मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्यपुरथिमी नगरपालिका-६ चपाचो बस्ने ४४ वर्षीय श्याम कुस्लेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौँको २०८० जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद सजाय र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुरथिमी नगरपालिका–६ चपाचोबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ ।