© २०२३
लमही ,२७ जेठ ।
दाङ जिल्लाको गढवा गाउँपालिका–५ स्थित ठुलिचौर क्षेत्रमा लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी चेकजाँच टोलीले २०८२ साल जेठ २३ गते राती करिब ९ बजेको समयमा गढवा–कोइलाबास सडकखण्डमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, कोइला बासबाट गढवा तर्फ आउँदै गरेको लु.९६ प ८८९३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकल चालक लक्ष्मण बिष्टको शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने करिब ६ ग्राम ४६० मिलिग्राम लागू औषध फेला परेको हो। सो पदार्थ प्लास्टिकमा बेरी लुकाइएको अवस्थामा भेटिएको थियो।
साथै, लागू औषध खरिद गर्न आएका दुई जना समेत घटनास्थलबाट पक्राउ परेका छन्। हाल तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ई.प्र.का. गढवाले जनाएको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा लक्ष्मण बिष्ट, २२ वर्ष, गढवा गाउँपालिका–६, प्रगतिनगर (विक्रेता), भन्साराम यादव, ३९ वर्ष, अजयगढवा (खरिदकर्ता)३ सदान मनिहार, ३७ वर्ष, थानदेउखुरी (खरिदकर्ता) रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनासँग सम्बन्धित थप प्रमाणहरू, जस्तै तस्बिरहरू र लागू औषधको तौल विवरण समेत प्रहरीले सङ्कलन गरेको जनाएको छ।