© २०२३
बुटवल, २७ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको २० औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । दिवसका अवसरमा लुम्विनी प्रादेशिक अस्पतालमा रक्तदान एवं राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय कार्यसमिति, प्रदेश कार्यसमिति र राष्ट्रिय चिकित्सक संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिति रुपन्देही र बिशेष जिल्ला कार्यसमिति लुम्विनी प्रादेशिक अस्पताल बुटवलको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीको प्राबिधिक सहयोगमा जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष बिष्णु प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपमहासचिव खगराज पोख्रेलले गरेका थिए । त्यस अवसरमा उपमहासचिव पोख्रेल, नेकपा एमाले पार्टी जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थी, लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु. डा. इन्द्र ढकाल, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बिशेष जिल्ला कमिटी लुम्बिनी प्रादेशिक अस्पतालका सचिव बिरोध पाण्डे, कमिटीकी अध्यक्ष सिता खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु तथा प्रदेश सदस्यहरु रुपलाल पन्थी, कमल पान्डे, डा. प्रशान्त आचार्य, टिकाराम अधिकारी, डा. रमेश भटराई, डा. सम्राट पराजुली, डा.बर्षा थापा, डा. ज्ञानहरी मरासिनी, रामेश्वर ढकाल लगायतको उपस्थिति थियो् ।

कार्यक्रममा वक्ताहरुले संगठनले गरेको उत्कृष्ट कार्य रक्तदान जिवन दान जस्तो पुण्य कामको प्रशंसा गर्दै यस्ता रचनात्मक कार्यहरु निरन्तर गर्न र आफ्नो कामप्रति जिम्मेवार रही संगठनलाई अझै बलियो बनाउन समेत शुभकामना दिएका थिए । २० औं स्थापना दिवसको कार्यक्रममा ५५ पोका रगत संकलन भएको जानकारी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्य समिति रुपन्देहीका कोषाध्यक्ष भोजराज पोख्रेलले गराए ।
