Butwal Today

राज्य व्यवस्था समितिद्वारा नागरिकता विधेयक पारित

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ। यो बैठक मंगलबार सिंहदरबारमा भएको थियो।

समितिका सभापति रामहरी खतिवडाले यो विधेयकले नागरिकता नभएका व्यक्तिहरूलाई नागरिकता प्राप्त गर्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे। उनले विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूको आभार पनि व्यक्त गरे।

समितिले पारित गरेको यो विधेयक अब छिट्टै संसदमा पेस गरिने जानकारी पनि सभापतिले दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?