© २०२३
काठमाडौं, २७ जेठ ।
स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलामा सहभागी रहेका दुई नेपाली खेलाडी सोमपाल कामी र गुल्शन झा चोटका कारण बाँकी खेलहरू गुमाउने भएका छन्।
प्रशिक्षण सत्रको दौरान सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको हो। त्यसपछि चिकित्सकको सल्लाह अनुसार दुवै खेलाडीलाई तत्काल आराम र उपचारका लागि भनिएको छ, जसले गर्दा आज नेदरल्याण्ड्ससँगको ओडिआई र आगामी टी२०आई श्रृंखलामा उनीहरू खेल्न सक्ने छैनन्।
सोमपाल र गुल्शनले हालसम्मका खेलहरूमा नेपालका लागि महत्वपूर्ण योगदान दिएका थिए। सोमपालले यसअघि ६७ रन बनाउँदै नेपाललाई जितको नजिक पुर्याए पनि टीम २ रनले हार्न पुगेको थियो। यता, गुल्शनले पहिलो खेलमा करण केसीसँग मिलेर नेपालको कीर्तिमानी जितमा प्रमुख भूमिका खेलेका थिए।
नेपाल क्रिकेट संघले भने, यो चोटका कारण खेलमा असर पर्न सक्छ, तर स्वस्थ्य ठीक भएपछि दुवै खेलाडी फर्कनेछन् भन्ने विश्वास लिएको छ।