Butwal Today

नेदरल्याण्ड्सविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन भने गर्नैपर्ने अवस्थामा गरिएको हो । चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा आएका छन् ।

ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । नन्दनले नेपालका लागि डेब्यू गर्ने भएका छन् । यसअघि एकपटक टिममा परेपनि मौका पाएका थिएनन् । उनले केही समयअघि हङकङ टी २०आई शृंखलामार्फत टी- २०आईमा डेब्यू गरेका थिए । नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।