Butwal Today

कपिलवस्तुको रामघाटमा शिवधाम

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

कपिलवस्तु, २७ जेठ ।

धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले प्राचीन भागीरथी नदी (बाणगंगा) अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाटमा बन्न थालेको शिवधामको शिलान्यास गरिएको छ । पुर्वमन्त्री तथा सङ्घीय सांसद सुरेन्द्रराज आचार्य र लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले शिवधाम निर्माण स्थलमा वैदिक विधि अनुसार पूजा अर्चना गरी शिलान्यास गरेका हुन ।

सांसद आचार्यको पहलमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको ९० लाख बजेट मध्यबाट रामघाट तटमा शिवधाम तथा रामघाट पार्क बनाउन थालिएको हो ।  शिवधामको शिलान्यासका क्रममा बोल्दै सङ्घीय सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले ऐतिहासिक रामघाट धाममा बन्न थालेको शिवधाम देश विदेशका धार्मिक पर्यटकको आस्थाको केन्द्र बन्न सक्ने बताए ।