Butwal Today

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, २८  जेठ।

सुनको भाउमा आज उल्लेखनीय गिरावट आएको छ भने चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा झरेको छ। हिजो यसै समयमा सुनको भाउ १ लाख ९० हजार ६ सय रुपैयाँ थियो।

सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्य भने केही बढेको देखिएको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँ पुगेको छ। हिजो यो दर २ हजार १ सय ५० रुपैयाँ थियो। बजारमा सुन घट्दा चाँदी बढ्नुले लगानीकर्ताहरूका लागि मिश्रित सन्देश दिएको छ।