Butwal Today

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, २ जना घाइते

२७ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ  ।

काठमाडौँको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएर २ जना घाइते भएका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कोइरालाका अनुसार खैरोहिरोइन रहेको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न खोजेको थियो।

पक्राउ गर्न पुगेको प्रहरीलाई रड प्रहार गरेपछि प्रहरीले चार राउन्ड हवाइ फायर र ३ राउन्ड गोली कारोबारीका खुट्टामा प्रहार गरेको कोइरुालाको भनाइ छ। रड प्रहारबाट २ जना प्रहरी घाइते भएका छन्।