© २०२३
बुटवल, २६ जेठ ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अन्दाजी ५७ वर्षीय सन्तबहादुर सार्की रहेका छन् । उनले २०६८ कात्तिक ११ गते अन्दाजी राति साढे ११ बजेको समयमा पाल्पाको साविक चिदीपानी गा.वि.स. वडा नं. ७ हाल माथागढी गाउँपालिका वडा नं. १ दमारमा सोही स्थानमा बस्ने वर्ष १८ को नरवीर नेपालीको हत्या गरी फरार रहेका थिए । लामो समय भारत तर्फ लुकिछिपी रहँदै आएका उनी नेपाल फर्कने भन्ने सूचना पश्चात परिचालित प्रहरी टोलीले उनलाई पहिचान गरी आइतबार दिउँसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया स्थित बसपार्कमा फेला पारी पक्राउ गरेको हो ।
निज उपर मुलुकी मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत, पाल्पाबाट फौजदारी कार्यविधि संहिता, २०७४ दफा १४(१) बमोजिम दिन ०६ म्याद लिई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट थप अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले बताए ।