ट्रेंडिंग:

>> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो

सल्ला प्रतिस्थापन गरी सालको वन ! 

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

सल्यान, २६ जेठ ।

डढेलोको उच्च जोखिममा पर्ने सल्यानमा वन व्यवस्थापनको अभियान थालनी भएको छ । सल्लाका घना वनले ढाकिएको भूभागले डढेलोको जोखिम बढाउँदै लगेको र आर्थिक आम्दानीको स्रोत पनि कमजोर हुँदै गएकाले अब सामुदायिक स्तरमै सल्लाको वनलाई प्रतिस्थापन गर्दै सालको वन विस्तार गर्ने अभियान सुरु भएको हो । जिल्ला स्थित कुमाख गाउँपालिका वडा नम्बर, ५ बाल्लेको जामिरे खोला सामुदायिक वन उपभोक्ता समूहले सल्लाको सट्टा सालको रुख रोप्ने काम अभियानकै रूपमा अघि बढाएको छ । समूहका अध्यक्ष राजेन्द्र शाहका अनुसार सल्लाको वनले अन्य बिरुवा हुर्कन नदिने, पानीका मुहान संरक्षणमा पनि सहयोग नपु¥याउने भएकाले सल्ला हटाउने कार्य सुरु गरिएको हो । हरेक वर्ष डढेलोको जोखिम बढ्दै जाँदा वन उजाड हुँदै गएकोले सल्लाको वन क्रमिक रूपमा हटाउँदै सालको रुख लगाउने काम सुरु गरिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको यो अभियान अन्तर्गत वन समूहको २८.७ हेक्टर क्षेत्रफलमा फैलिएको वनमध्ये करिब ५ हेक्टरमा नमुना प्लट तयार पारिएको छ । यस क्षेत्रभित्र वर्षमा दुई पटक गोडमेल, वनमारो नियन्त्रण, कुकाठ हटाउने, अग्निरेखा निर्माण लगायतका कार्य नियमित रूपमा हुँदै आएका छन् । साथै चरिचरण नियन्त्रण, पात सङ्कलनको व्यवस्थापन र रिचार्ज पोखरी निर्माण जस्ता उपायहरू अपनाउँदै वन समूहले वनको माटो संरक्षण, जैविक उत्पादन र वन्यजन्तु संरक्षणको प्रयास गरिरहेको छ ।

अध्यक्ष शाहका अनुसार अब वनलाई अनुसन्धानमैत्री बनाउन सबै रुखमा नामसहितको ‘ट्याग’ जडान गर्ने योजना छ । यसले अनुसन्धान गर्न चाहने विद्यार्थी, विज्ञ र संस्थाहरूलाई सहज पहुँच मिलाउने उनको अपेक्षा छ । कुमाख गाउँपालिकाको वन, वातावरण तथा जलवायु शाखा प्रमुख जीवन शर्माले सामुदायिक वनहरूले उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्दै ती अभ्यासहरू व्यवस्थित रूपमा दस्तावेजीकरण हुन नसकेकोले ओझेलमा परेको बताए । अब पालिकाले ती अभ्यासहरूलाई सूचीबद्ध गर्दै उदाहरणीय वनहरूलाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने नीति लिने उनको भनाइ छ ।

जामिरे खोला सामुदायिक वनले वि.सं. २०६८ मा जिल्लाको दोस्रो र २०७० मा पहिलो उत्कृष्ट सामुदायिक वनको रूपमा सम्मान पाइसकेको छ । सफल नेतृत्व, स्थानीय समुदायको श्रमदान र पालिकाको सहकार्यले यो वनले पारदर्शी, दिगो र अनुसन्धानमैत्री सामुदायिक वन व्यवस्थापनको नयाँ उदाहरण प्रस्तुत गरेको छ । यी अभ्यासहरू अन्य सामुदायिक वनहरूका लागि पनि अनुसरणीय बन्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?