ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

मिडियामाथिको विज्ञापन कर खारेज गर

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

चार बर्सअघिको कोरोना सङ्क्रमणले नेपालको मिडिया क्षेत्र नराम्रोसँग थला परेको करा सर्वविदितै छ । कोरोनाको कठोर कालरात्रिपछि नेपालको मिडिया क्षेत्र बल्लतल्ल ब्युँतिने प्रयास गर्दै छ । कोरोना कालमा बन्द भएका कतिपय रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाहरू अझै पनि बन्दको अवस्थामा छन् । चलिरहेका मिडियाको वेदना पनि कम छैन । पछिल्लो समय मिडिया ब्युँतिने प्रयास जारी रहँदा प्रदेश सरकारले मिडियालाई बचाउने प्रयास गर्नुपर्नेमा उल्टो घाँटी निमोठ्ने काम गरिरहेको आशङ्का सिर्जना भएको छ ।

नेपालको संविधानको धारा ५७ (६) ले प्रदेश तथा स्थानीय सभाले कानुन बनाउँदा सङ्घीय कानुनसँग नबाझिने गरी बनाउनुपर्ने र बाझिएको हदसम्म अमान्य हुने व्यवस्था गरेको छ । तर, सङ्घीय कानुनको प्रावधान बर्खिलाप हुने गरी लुम्बिनी प्रदेश सरकारले विज्ञापन करमा नाममा ५ प्रतिशत कर असुली गरिरहेको छ । सङ्घीय कानुनसँग बाझिने गरी प्रदेशले कानुन बनाउन मिल्दैन । यदि आर्थिक ऐनमा व्यवस्था भएको उक्त प्रावधान सङ्घको कानुनसँग बाझिएको भए खारेज हुन्छ ।

संविधानमै स्पष्ट व्यवस्था हुँदाहुँदै पनि लुम्बिनी प्रदेश सभाले आर्थिक ऐनको नाममा मिडियासँग ५ प्रतिशत कर असुली गर्नु सरासर गलत हो । पछिल्लो समय विज्ञापन बजार साँघुरिँदै गएको अवस्थामा प्रदेश सभाले सङ्घसँग बाझिने कानुन बनाएर मिडियासँग ५ प्रतिशतको चर्को कर असुली गर्नु मिडियामाथिको दमन हो । एकातिर प्रदेश सरकारले मिडियाहरूलाई अनुदानका नाममा झारा टार्ने गरी रकम विनियोजन गरेर आफूलाई मिडिया विपरीत उभ्याएको छ । अर्कोतिर विज्ञापन करका नाममा मिडियालाई अप्ठ्यारोमा पार्ने काम गरिरहेको छ ।

सङ्घीय कानुनसँग बाझिने कुनै पनि कानुन स्वतः निष्क्रिय हुने प्रावधान नेपालको संविधानमा स्पष्ट उल्लेख छ तर लुम्बिनी प्रदेश सरकारले सङ्घीय कानुनसँग बाझिने प्रदेश आर्थिक ऐन २०८१ निर्माण गरी मिडियामाथि कर लगाउने काम गरेको छ । सङ्घीय सरकारले समेत विज्ञापन बापतको कर कट्टी नगरेको अवस्थामा लुम्बिनी प्रदेश सभाले यस्तो विवादित आर्थिक ऐन लागू गर्नु मिडिया निचोर्ने काम मात्रै हो ।

लुम्बिनी प्रदेशका मिडिया सञ्चालकहरूले प्रदेशसभाले उक्त बाझिएको ऐन तत्काल संशोधन गर्नुपर्ने माग गरेका छन् । प्रदेश सरकारले मिडियालाई विज्ञापनमा समेत असहयोगको नीति लिएको र मिडियाको विज्ञापन बजारलाई खुम्च्याउने गरी सङ्घीय कानुनसँग बाझिने गरी कानुन बनाएर कर असुलेको छ । यो अत्यन्त आपत्तिजनक काम हो । लुम्बिनी प्रदेश सरकार आफूलाई मिडियामैत्री घोषणा गर्दै आएको छ तर व्यवहारमा ठिक उल्टो मिडियालाई निमोठ्ने काम गर्नु कदापि राम्रो होइन । लुम्बिनी प्रदेश सभाले बनाएको आर्थिक ऐन २०८१ को उक्त प्रावधान सङ्घीय संसद्ले बनाएको विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा २१ को प्रावधान विपरीत देखिएको छ ।

तर किन प्रदेश सरकार कानुनका नाममा मिडियामाथि बिषबमन गर्ने काममा उद्यत छ ? प्रदेश सरकारले जवाफ दिनुपर्छ । उता प्रदेशसभाले आफैले बनाएको आर्थिक ऐन २०८१ को उक्त प्रावधान आफैले बनाएको विज्ञापन कर नियमावली २०७६ सँग बाझिएको अवस्था छ । प्रदेश सभाको यो गम्भीर लापरबाही हो । प्रदेश सरकार मन्त्रीपरिषबाट २०७६ मङ्सिर २७ गते स्वीकृत भएको विज्ञापन कर नियमावलीको दफा २० मा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सरकारी निकायले सार्वजनिक हित अभिवृद्धि गर्ने उद्देश्यले राखिएको सूचना तथा सन्देशमूलक विज्ञापन वा प्रचार सामग्रीमा कुनै कर लाग्ने छैन भन्ने व्यवस्था छ ।

तर, त्यो प्रावधानको बेवास्ता गरी प्रदेश ऐनका नाममा विभिन्न स्थानीय तह एवं सार्वजनिक निकायले चालु वर्षमा विज्ञापन कर बापत ५ प्रतिशत रकम काट्नु कुनै पनि अवस्थामा न्यायसंगत छैन । प्रदेश सरकार आफूलाई मिडियामैत्री वनाउने हो भने व्यवहारमा देखिनुपर्दछ । मिडियामाथि लादिएको कर तत्काल खारेज गरियोस् । प्रदेश सभाले आफैले बनाएको कानुन सच्याउने काम गरोस् । प्रदेश सरकार मिडियामैत्री भएको दाबी गर्छ तर भित्रभित्रै मिडियामाथि निषेध गर्ने अनेक प्रकारका काममा उद्यत रहेको उसको चरित्रले देखाउँदै आएको छ । प्रदेश सरकारले यही असार १ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ । बजेटमार्फत अवैधानिक विज्ञापन कर कटौतीको घोषणा गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?