© २०२३
बुटवल ।
बुटवल, भैरहवाका अनलाइन राइड एप्स पठाओ संचालक राइडरहरुले ५ बुँदे माग सहित पठाओ कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
अनलाइन राइडर रुपन्देहीका अध्यक्ष मान बहादुर थापाको नेतृत्वमा गएको टोलीले पठाओ कार्यालय बुटवलका इन्चार्ज प्रदिप केसीलाई ज्ञापनपत्र बुझाएको र बिगत एक बर्ष अघि देखि बुटवल भैरहवा आसपासका क्षेत्रमा दिदै आइरहेको पठाओ अनलाइन दुई पाङ्ग्रे सेवा बिगत ३ दिन देखि पुर्ण रुपमा बन्द गरिएको अध्यक्ष थापाले बताए ।
२०८० चैतदेखि औपचारिक रुपमा बुटवल भैरहवा क्षेत्रमा दुई पाङ्ग्रे पठाओ अनलाइन राइड सुचारु भएको र अहिले बुटवल भैरहवा क्षेत्रमा दुई पाङ्ग्रे पठाओ अनलाइन राइड मार्फत ग्राहकलाई राम्रो सेवा प्रवाह भैइरहेको अवस्थामा पनि काठमाडौ उपत्यका सरह रुपन्देहीका पठाओ अनलाइन राइडरहरुलाई सुविधा नदिएका कारण यसरी आफ्ना मागहरु प्रस्तुत गर्दै पठाओ अनलाइन राइड बन्द गर्न बाध्य भएको सचिव सन्तोष पौडेलले बताए ।
यदि यो मागको सुनुवाई नभए अर्को चरणको सशक्त आन्दोलन गर्ने भनिएको छ । माग पत्रमा पठाओ राइड कमिसन प्रतिशतको आधारमा काठमाडौ उपत्यका सरह हुनु पर्ने, ग्राहकलाई अफर फेयर घटाउने बढाउने सिस्टम बन्द गरिनु पर्ने, राइड रिक्वेष्ट सिस्टम काठमाडौ उपत्यका सरह समयवधि –५ देखि –१० सेकेण्ड हुनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टमा ग्राहक छोडन तथा लिन जाँदा सहज वातावरण हुनुपर्ने, ग्राहकले पठाओ कार्यालयमा कम्प्लेन गरेको अवस्थामा पहिलो पटकमा नै आइडी सश्पेण्ड नगरी अनुसन्धानको दायरामा राखिनु पर्ने उल्लेख गरिएको छ ।