ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका व्यवसायी ढोलिमारा होम स्टे जल्पा, पाल्पामा पुगे

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

भैरहवा, २६ जेठ ।

रुपन्देही जिल्लाका व्यवसायी पर्यटन प्रवर्द्धन गर्न पाल्पा जिल्लाको ढोलिमारा होम स्टे जल्पामा पुगेका छन् ।मदिरा व्यवसायी सङ्घ भैरहवा रुपन्देहीको आयोजनामा जेठ २३(२४ गतेसम्म अध्ययन अवलोकन भ्रमणमा मदिरा व्यवसायी सङ्घ भैरहवाले ढोलीमाराको अवलोकन भ्रमण गरेको हो ।  भ्रमण टोली ढोलीमारा सामुदायिक होमस्टेमा बास बसेको मदिरा व्यवसायी सङ्घ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेयले बताए। ‘सङ्घले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ । वार्षिक कार्य योजना अन्तर्गत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रत्येक वर्ष अध्ययन अवलोकन भ्रमण गर्दै आएका छौँ, ’पाण्डेयले भन्नुभयो । दुई दिने भ्रमणका क्रममा यस पटक मदिरा व्यवसायी सङ्घ भैरहवाको टोली ढोलीमारा पुगेको उनले बताए

मदिरा व्यवसायी सङ्घ भैरहवाका पदाधिकारी, सदस्य, सल्लाहकार लगायत गरी ३६ जनाको टोली ढोलीमारा पुगेको कार्यक्रम संयोजक तथा सङ्घका सचिवालय सदस्य प्रकाश पाण्डेले बताउनुभयो ।गत वर्ष सङ्घको टोली अध्ययन अवलोकन भ्रमणका लागि प्युठानको स्वर्गद्वारी र रोल्पा पुगेको महासचिव यादव पोख्रेलले जानकारी दिनुभयो ।आगन्तुक पाहुनाहरूलाई स्वागत गर्ने ढोलीमाराका स्थानीयले बाजागाजासहित गरेको सत्कारलाई भुल्न नसकिने सङ्घका कोषाध्यक्ष सुन्दर भण्डारीले बताउनुभयो । मदिरा व्यवसायी सङ्घ भैरहवाले ढोलीमारामा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको हो ।

छलफलमा सहभागी व्यवसायीहरूले अध्ययन अवलोकन भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष बाबुराम पाण्डेयले २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी सङ्घ भैरहवाले विभिन्न कार्यक्रम गर्दै आएको बताए। उहाँले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले अध्ययन अवलोकन भ्रमण गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थीले मदिरा व्यवसायी सङ्घ भैरहवाले राम्रो काम गर्दै आएको बताए । यति ब्रुअरीका बजार प्रबन्धक प्रितम गिरीले मदिरा व्यवसायी सङ्घ भैरहवासँग सहकार्य गर्दै जाने बताए ।

मदिरा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष लक्ष्मण रेग्मीले भ्रमणका लागि पाल्पाको रमणीय स्थल ढोलीमारालाई रोजेको भन्दै मदिरा व्यवसायी सङ्घ भैरहवाप्रति आभार व्यक्त गरे । मदिरा व्यवसायी सङ्घ भैरहवाका सल्लाहकार तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पहिलो पटक आफूहरू ढोलीमारा पुगेको बताए ।

सङ्घका वरिष्ठ सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले भ्रमण खुसी साटासाट गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि भएको बताए । मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरीराज पौडेलले मदिरा व्यवसायी सङ्घ भैरहवा सशक्त रूपमा अगाडि बढेको बताए ।

मदिरा व्यवसायी सङ्घ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले सङ्घले राहत वितरण, अध्ययन अवलोकन भ्रमण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको बताए। सङ्घका अध्यक्ष बाबुराम पाण्डेयको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको स्वागत, संस्थापक एवं निवर्तमान अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?