ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

लुम्बिनीमा दिगो स्वच्छता अभ्यासका लागि सरोकारवाला सम्मेलन

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

कपिलवस्तु, २६ जेठ ।

“स्वच्छ भविष्यको निर्माण” भन्ने मूल नाराका साथ लुम्बिनीमा दिगो स्वच्छता अभ्यासहरुका लागि विशेष सरोकारवालाको सम्मेलन लुम्बिनी साँस्कृतिक नगरपालिकाको हलमा सम्पन्न भएको छ ।

बिद्यालय र समुदायमा दिगो जल, सरसफाई र स्वच्छता अभ्यासलाई तीव्र गतिमा प्रबद्र्धन गर्ने उद्धेश्यले शुलभ स्यानिटेसन क्लब र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजना तथा भारतीय दूतावासको बीपी कोईराला भारत–नेपाल प्रतिष्ठानको आर्थिक सहयोगमा सम्मेलन सम्पन्न गरिएको हो । कार्यक्रममा ६० बढी सरसफाई अभियन्ताको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल स्थित भारतीय दुतावासका प्रथम सचिव बशिष्ठ नन्दनले स्वच्छता र सरसफाई विकासको महत्वपूर्ण विषय भएकाले यसमा सबै पक्षको समान दायित्व रहने बताए । उनले स्वच्छ नेपाल बनाउने अभियानमा जुट्न सबैलाई आग्रह गर्दै आफुहरु सहकार्यका लागि सदैव तत्पर रहने जनाए ।

बिगतमा कतिपय दातृ निकायले सञ्चालन गरेको स्वच्छता र सफाईका कार्यक्रम भाषागत समस्याका कारण प्रभावकारी बन्न नसकेको स्मरण गर्दै यो कार्यक्रम भने प्रभावकारी हुने लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले बताए । उनले लुम्बिनी क्षेत्र आफैमा बिश्वको ध्यान केन्द्रित भएको क्षेत्र भएकाले यसको स्वच्छता र सरसफाईको अवस्था सुधारका लागि पालिकाले समेत लागत साझेदारीमा कार्य गर्न प्रतिबद्ध रहेको जनाए ।

दिगो स्वच्छता अभ्यासहरुका लागि गरिएको सचेतना सबैका लागि राम्रो अवसर भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले बताइन् । राम्रा अभ्यासलाई प्रवद्र्धन गर्न सहकार्यका लागि तत्पर रहेको स्पष्ट पार्दै उनले लुम्बिनी बिश्वकै पर्यटकको रोजाईको थलो भएकाले यहाँ सरसफाई अध्ययन केन्द्र बनाउन पहलकदमी शुरु गरिएको जनाइन् । केन्द्र बने फोहरको सही व्यवस्थापन, उपयोग र आयआर्जन सँग जोड्न सकिने उनले बताइन् । स्वच्छता प्रवद्र्धन गर्न विद्यालयदेखि समुदाय सम्म सचेतना आवश्यक रहेकोमा नगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीले जोड दिए ।

विद्यालयस्तरबाटै स्वच्छता अभियानका लागि हातेमालो अगाडि बढाउनु पर्ने सुलभ इन्टरनेशनलका राष्ट्रिय संयोजक रुपक रोय चौधरीले बताए । लुम्बिनी प्रदेशको चार वटा विद्यालयबाट महिनावारी स्वच्छता, खानेपानी, सरसफाई र स्वच्छताका नमुना अभ्यास प्रस्तुत गर्ने गरी सचेतना प्रवाहको कार्यमा लागेको उनले जनाए । कार्यक्रमको उद्धेश्यहरुमा विद्यालय र समुदायहरुमा दिगो वास अभ्यासहरूको महत्वबारे चेतना अभिवृद्धि गर्नु, सफल सरसफाई मोडेलहरू र स्थानीय नवप्रवर्तनहरु साझेदारी गर्नु, स्थानीय सरकार र समुदायको सक्रिय सहभागिता र स्वामित्वलाई प्रोत्साहन गर्नु र सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय साझेदारहरुबीच सहकार्यको वातावरण तयार पार्नु रहेको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले जानकारी दिए ।

दिगो जल, सरसफाई र स्वच्छता अभ्यासलाई प्रवद्र्धन गर्न सुलभ ईन्टरनेशनल र कालिकाको सहकार्यमा कार्यक्रम अगाडि बढाइएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताए । कार्यक्रममा शिक्षा अधिकृत लक्ष्मी पराजुली, वास संयोजक शेषराम यादव लगायतले स्वच्छता र सरसफाई युक्त नगर बनाउने अभियानका लागि नगरको प्राथमिकताका साथ पहिलो शर्त नै सरसफाई भएको बताए । कार्यक्रम पछि महिलाबार स्थित मधुवनी मा.वि.का छात्रछात्राका लागि ग्रामीण र शहरी सरसफाई प्रबिधिको उपयोग बारे कार्यशाला समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?