Butwal Today

‘प्रतिनिधिसभा आजदेखि सञ्चालनमा आउँछ’ :सभामुख घिमिरे

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं।

केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक आज सोमबार दिउँसो २ बजेबाट सञ्चालनमा आउने भएको छ। सभामुख देवराज घिमिरेले ‘पर्वतीय पर्यटन हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनी अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै बैठक सञ्चालनको जानकारी दिएका हुन्।

सभामुख घिमिरेले बैठक समयमै सञ्चालन हुनु पर्ने भए पनि अवरोधका कारण केही समय पछि धकेलिएको स्पष्ट पारे। “सामान्यतया ११ बजे, १ बजे राखिने बैठकलाई २ बजे राखिएको हो,” उनले भने, “अब संसद् बैठक नियमित रूपमा अगाडि बढ्छ भन्ने आशा लिएको छु।”

बजेटमाथिको छलफल रोकिएको विषयमा बोल्दै उनले अब सांसदहरूको सहभागिता घटाएर भए पनि विधिअनुसार छलफल सकिने बताए। “नोक्सानी त भइसक्यो,” घिमिरेले भने, “अब कार्यसूची सोहीअनुसार परिमार्जन गरेर बजेट छलफल समयमै सक्नुपर्छ।”

उनका अनुसार बजेटको महत्त्वपूर्ण कार्यसूचीलाई ध्यानमा राख्दै संसदको बाँकी प्रक्रिया विधिसम्मत रूपमा अगाडि बढाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?