ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

घोराहीको नीति तथा कार्यक्रम : उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा 

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार
दाङ, २६ जेठ ।
घोराही उपमहानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
नगरसभाको १७ औं नगर अधिवेशनमा सोमबार नगर प्रमुख नरुलाल चौधरीले विगतका वर्षहरुबाट सञ्चालनमा रहेका लाभदायक कार्यक्रमको निरन्तरतासँगै स्थानीय स्रोत साधनको उपयोग गर्दै पालिकाको गौरव बढाउने खालका आयोजनालाई प्राथमिकता दिने र टुक्रे आयोजनालाई निरुत्साहित गर्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन् । नीति तथा कार्यक्रममा स्थानीय सामथ्र्य झल्काउने कृषि, उद्यम, रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई उच्च प्राथमिकता दिदै नगरलाई संबृद्ध बनाउने कार्यक्रमहरु अवलम्बन गरिने उल्लेख छ ।
धेरै जसो पुराना तर प्रभावकारी हुँदै गएका कार्यक्रमलाई निरन्तरता दिँदै घोराहीको पहिचानलाई अझ माथि उठाउन सक्ने योजनालाई अघि सारिएको छ   । घोराही उपमहानगरले किसानलाई बेलैमा कृषि सूचना आदानप्रदान गर्ने र समस्या पर्दा प्राविधिक सहयोग बढाउने तथा आर्थिक वर्ष २०८१–०८२ बाट कार्यान्वयनमा ल्याईएको घोराही कृषि मोवाइल एपमा किसानको पहुँच बिस्तार गरिने भएको छ ।
खाद्यान्न वाली, तेलहन वाली र दलहन वाली जस्ता मुख्य बालीहरूमा आत्मनिर्भरता हासिल गर्न तथा निर्यात प्रवद्र्धन गर्न मूल बिउ तथा उन्नत जातका बिउमा कृषकहरूलाई दिइँदै आएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
स्वस्थ पशु स्वच्छ उत्पादन अन्तर्गत नियमित पशु उपचार, आकस्मिक पशु स्वास्थ्य शिविर र डोर टु डोर जस्ता किसानमुखी कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवायुवती, गरिबीको परिचयपत्र प्राप्त परिवार तथा मुक्त कम्लहरी, शारिरिक अशक्त, एकल महिला परिवारलाई लक्षित गरी पशु व्यवसाय अभिवृद्धि कार्यक्रम संचालन गरिने, खेतिबालीमा अर्गानिक मलको प्रयोग बढाउन गाई÷भैसीको भकारो सुधार कार्यक्रम संचालन गरिने भएको छ ।
वाँझो तथा प्रयोगविहीन जमिनलाई कृषि उपयोगमा ल्याई उत्पादनशील बनाउने उद्देश्यले भूमि बैंक सम्बन्धी कानून बनाइ कार्यान्वयनमा ल्याउने उल्लेछ ।
यसैगरी, पूँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना र मध्यकालिन खर्च संरचना र आयोजना वैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गरिने भएको छ । आयोजनाहरुको गुणस्तर परीक्षण गर्न घोराही उपमहानगरपालिकाको आफ्नै परीक्षण प्रयोगशाला स्थापनाको लागि आवश्यक पूर्वाधार तयारीको शुरुवात गरिने भएको छ ।
संघ तथा प्रदेश सरकारको सहकार्य र समन्वयमा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम पूर्वाधार निर्माणमा जोड दिइने, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन नाप नक्शा सम्बन्धी कार्यलाई आवश्यक जनशक्ति परिचालन गरी तदारुकताका साथ अगाडी बढाइने पनि उल्लेख गरिएको छ ।
यसैगरी, विद्यार्थी संख्यालाई मुख्य आधार मानी नमूना विद्यालयको पुनरावलोकन गरिने भएको छ । खानेपानी, शौचालय, फर्निचारलगायत अत्यावश्यक पूर्वाधारहरुको व्यवस्थापन गर्दै नमूना सामुदायिक विद्यालयहरुलाई न्यूनतम पूर्वाधारयुक्त बनाउँदै लगिने भएको छ ।
थारु  भाषाको कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक निर्माण गरी लागू गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ । मगर भाषाको पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पढाई संचालन गरिने, विद्यार्थी संख्याको आधारमा बाल विकास केन्द्र, प्रा.वि, नि.मा.वि तथा मा.वि. तहमा कार्यरत शिक्षकहरुको विषयगत एवं शिक्षक विद्यार्थी अनुपातमा दरबन्दी मिलान गरिने भएको छ शैक्षिक गुणस्तर जाँच गर्न कक्षा ५ र कक्षा ८ को परीक्षा प्रणालि नगरस्तरीय रुपमा संचालन गरिने भएको छ भने अस्थायी, करार शिक्षक नियुक्तीको लागि शिक्षक बैंक तयार गरिने भएको छ ।
पालिकाले घोराही वडा नं. १८ स्थित नवलपुर खेलमैदानलाई मिनि रंगशालाको रूपमा विकास गर्ने नीति लिएको छ । सोही वडामा रहेको सालघारी बास्केटबल मैदानलाई व्यवस्थित बनाइने, घोराही–१७ स्थित गुलरिया क्रिकेट मैदान तथा घोराही–१४ स्थित कर्भड हल परिसरमा कराँते, तेक्वान्दो, बक्सिङलगायत इनडोर खेलहरूको क्रमशः पूर्वाधार विस्तार गरिने भएको छ ।
वडा नं. १६ को नेत्रलाल स्मृती रङ्गशाला स्थापना गर्न प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडी बढाईने भएको छ।
महिलाहरुको स्वास्थ्यका क्षेत्रमा पनि प्रभावकारी कार्यक्रम गर्ने नीति अख्तियार गरेको छ । प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत उपप्रमुख महिला प्रजनन् स्वास्थ्य प्रवर्धन कार्यक्रम संचालन गरी नगरवासी महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना परामर्श साथै पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर परीक्षण तथा पाठेघर खस्ने र अन्य प्रजनन् स्वास्थ्य समस्याको स्क्रिनिङ लगायतका सेवाहरु संचालन गरिने भएको छ ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुसँगको समन्वय र सहकार्यमा नागरिकलाई सहुलियत सेवा प्रदान गरिने भएको छ ।
 समावेशीकरणको दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम समुदाय, पिछडा वर्ग, सीमान्तकृत, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न नागरिकको संरक्षण, सशक्तीकरण र आर्थिक उत्थानका कार्यक्रम संचालन गरिने भएको छ ।
दलित, मुस्लिम, पिछडा वर्ग आदिवासी÷जनजाती समुदायमा अत्यधिक प्रचलनमा रहेको बालविवाह न्यूनिकरण गर्न बिहेवारी बीस वर्ष पारी भन्ने अभियानलाई निरन्तरता दिइने भएको छ ।
बालमैत्रीका सूचकहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा तथा विभिन्न महाशाखा÷शाखाहरुसँग समन्वयात्मक ढंगबाट कार्यक्रम संचालन गरिने भएको छ भने सन् २०२६ सम्म घोराही उपमहानगरपालिकालाई लैंगिक हिंसा नियन्त्रित उपमहानगरपालिका घोषणा गर्न लैंगिक हिंसा नियन्त्रणका लागि सूचक बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक एवं संरक्षणात्मक कार्यक्रमहरु संचालन गरिने भएको छ। आगामी बैठक यही जेठ २९ गते बस्ने  भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?