Butwal Today

सुन तोलामा १०० ले घट्दा, चाँदी ५ रूपैयाँले बढ्यो

२६ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २७ जेठ ।

आज सुनको मुल्यमा गिरावट देखिएको छ।

साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य एक सय रूपैयाँले घटेर प्रति तोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक लाख ९० हजार ७०० रूपैयाँमा कारोबार भएको थियो ।

उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।