© २०२३
कालिकोट।
विपद्जन्य जोखिमका घटनाहरू भइहालेमा कसरी उद्धार गर्न सकिन्छ भन्ने जानकारी दिन कृत्रिम घटना उद्धार अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सुरक्षा समिति कालिकोटको आयोजना तथा जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकाय सँगको समन्वयमा पूर्व तयारी तथा प्रतिकार्य अभ्यास कार्यक्रम खाँडाचक्र ३ ताडी बसपार्कमा सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको सभा अध्यक्षता, जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधि जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी टेक बहादुर रावत, अन्य सुरक्षा निकाएका प्रमुख, राजनीतिक दल, सुरक्षा कर्मी, निजामती कर्मचारी, पत्रकार लगायतको उपस्थितिमा कृत्रिम घटना उद्धार अभ्यास कार्यक्रम गरिएको हो ।
प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग कार्यमा सुरक्षा निकायको गर्भिलो लामो इतिहास छ । सबै प्रकारका विपदबाट प्रभावित स्थानहरूमा राहत तथा उद्धारका र जीवन रक्षाका लागि सुरक्षा निकाय तत्पर रहन्छ । बाढी, पहिरो तथा भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूबाट नेपाल उच्च जोखिममा छ । कार्यक्रममा विपतका घटनामा परेका मानिसको आकस्मिक उद्धार, उपचार लगायत थुप्रै चरणहरूको बारेमा जानकारी गराइए छ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी भट्टराईले सबै सुरक्षा निकाय, विषयगत सरकारी कार्यालय र स्थानीय तहहरू विपद् जोखिमका घटनाहरू बाट जोगिन, राहत उद्धारका कार्यहरूमा तदारुकताका साथ लाग्न र आम नागरिकलाई तत्काल प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नु भएको छ । कालिकोट विपद्जन्य घटनाको उच्च जोखिममा रहेको छ ।