ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

रुपन्देही र पाल्पाका ६ पालिका बिच १० बुँदे साझा सहमति

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार
बुटवल, २६ जेठ ।
रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य सम्बन्धी १० बुँदे साझा सहमति गरेका छन् । बुटवल उपमहानगरपालिकासँग सिमाना जोडिएका ६ वटा स्थानीय तहहरूका बिचको अन्तरक्रियात्मक गोष्ठीपछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै यी पालिकाले सहकार्य र संयुक्त अभ्यास गर्ने सहमति गरेका हुन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका (पाल्पा) ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने कानुनहरू यथाशीघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् ।
यस्तै,पालिका तहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटो छरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।पालिकाका सीमा क्षेत्रका नदी वा खोलानालाहरूको संरक्षण, नदीजन्य पदार्थको उत्खनन तथा उपयोगका सम्बन्धमा नदीको बहावलाई सम्बन्धित पालिकाका विज्ञ प्रतिनिधि सम्मिलित संयुक्त समितिको प्रतिवेदनका आधारमा प्राविधिक विधिबाट व्यवस्थापन गरी प्राकृतिक स्रोतको उपयोग गर्न यी पालिकाबिच सहमति भएको छ ।
पालिकाहरूका बिचमा सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योलहरू समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरूपण गर्ने सहमति पनि ६ वटा पालिकाले गरेका छन् । यस्तै गरी, सीमा क्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकताअनुसार संयुक्त लगानी वा साझेदारी गर्नका लागि आवश्यक कार्य गर्ने, स्थानीय तहले निर्माण गर्नुपर्ने कानुनहरू निर्माणका लागि यथाशीघ्र निर्माण गर्नका लागि आपसी समन्वय र सहकार्य गर्ने सहमति पालिकाका बिचमा भएको छ । यस्तै, यी ६ पालिकाले पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सञ्चालन, फोहोर मैला बिर्सजनस्थल वा प्रशोधन, तीनपांग्रे सवारी सञ्चालन, पर्यटन प्रवर्द्धन, अन्तरपालिका भगिनी सम्बन्ध कायम राख्ने र असल अभ्यासहरूको आदानप्रदान गर्ने सहमति पनि गरेका छन् । यस्तै कृषि उपज तथा अन्य उत्पादनको सङ्कलन, भण्डारण र बिक्री वितरणका लागि आपसी साझेदारी गर्ने र अन्य समस्या वा अन्योलहरूको समाधान गर्न एकमत हुने निर्णय भएको नगर प्रमुख पाण्डेयले बताए ।
६ वटा पालिकाबिच भएको सहमतिलाई सबै पालिकाहरूले आगामी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी आवश्यक नीतिगत निर्णय गर्ने उनको भनाइ छ । पाण्डेयले बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरूसँग मानव संसाधनको विकासका क्षेत्रमा ५ लाख रुपैयाँ र छिमेकी पालिकाको ५ लाख रुपैयाँ लगानी गर्ने गरी आगामी बजेटमा समावेश गर्ने जानकारी गराए । उनले स्थानीय तहहरूका बिचमा आपसी समन्वय, सहकार्य र साझेदारी कायम राख्ने गरी हरेक वर्ष सबै पालिकाहरूको सहभागिता र सहकार्यमा बुटवल उपमहानगरपालिकाले अन्तरपालिका समन्वय बैठक तथा अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्ने बताए ।
यस्ता कार्यक्रमले स्थानीय तहहरूका बिचमा सहकार्य, समन्वय र साझेदारी गर्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँको भनाइ छ । उनले बुटवलले थालेको यो अगुवाइले देशभरमै सकारात्मक सन्देश प्रवाह हुने र अन्य पालिकाहरूले पनि सिक्दै जाने बताए । बुटवल र तिलोत्तमाका बिचमा धेरै विषयहरूमा कैयौँ पटक छलफल गर्नुपर्ने र निकास निकाल्नका लागि यस्ता कार्यक्रमले झनै प्रभावकारी बनाउने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताए । उनले बुटवलले थालेको यो अभ्यासले छिमेकी पालिकाहरूसँग सहकार्य र समन्वय गर्नका लागि सहज हुने बताए ।
शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले नदीजन्य पदार्थदेखि विकासका काममा छिमेकी पालिकाहरूका बिचमा अन्योल हुने गरेको अवस्थामा बुटवलले थालेको पहल प्रभावकारी हुने बताए । उनले अन्य पालिकाहरूसँग समेत यसै गरी समन्वय र सहकार्यको जरुरी रहेको बताए । यस्तै पाल्पाको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बुटवल र तिनाउका बिचमा पानीको श्रोतदेखि अन्य क्षेत्रहरूको सहकार्य रहिआएको र बुटवलले यस वर्षदेखि आपसी साझेदारीमा विशेष जोड दिएको बताए । उनले तिनाउबाट बुटवलमा पानी ल्याउने मुहान क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरेको र बुटवलसँगको सहकार्य अझ मजबुत बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?