ट्रेंडिंग:

>> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ?

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका व्यवसायी ढोलिमारा होम स्टे जल्पा, पाल्पामा पुगे

२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

भैरहवा, २६ जेठ ।

रुपन्देही जिल्लाका व्यवसायी पर्यटन प्रवर्द्धन गर्न पाल्पा जिल्लाको ढोलिमारा होम स्टे जल्पामा पुगेका छन् ।मदिरा व्यवसायी सङ्घ भैरहवा रुपन्देहीको आयोजनामा जेठ २३(२४ गतेसम्म अध्ययन अवलोकन भ्रमणमा मदिरा व्यवसायी सङ्घ भैरहवाले ढोलीमाराको अवलोकन भ्रमण गरेको हो ।  भ्रमण टोली ढोलीमारा सामुदायिक होमस्टेमा बास बसेको मदिरा व्यवसायी सङ्घ भैरहवाका अध्यक्ष बाबुराम पाण्डेयले बताए। ‘सङ्घले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको छ । वार्षिक कार्य योजना अन्तर्गत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रत्येक वर्ष अध्ययन अवलोकन भ्रमण गर्दै आएका छौँ, ’पाण्डेयले भन्नुभयो । दुई दिने भ्रमणका क्रममा यस पटक मदिरा व्यवसायी सङ्घ भैरहवाको टोली ढोलीमारा पुगेको उनले बताए

मदिरा व्यवसायी सङ्घ भैरहवाका पदाधिकारी, सदस्य, सल्लाहकार लगायत गरी ३६ जनाको टोली ढोलीमारा पुगेको कार्यक्रम संयोजक तथा सङ्घका सचिवालय सदस्य प्रकाश पाण्डेले बताउनुभयो ।गत वर्ष सङ्घको टोली अध्ययन अवलोकन भ्रमणका लागि प्युठानको स्वर्गद्वारी र रोल्पा पुगेको महासचिव यादव पोख्रेलले जानकारी दिनुभयो ।आगन्तुक पाहुनाहरूलाई स्वागत गर्ने ढोलीमाराका स्थानीयले बाजागाजासहित गरेको सत्कारलाई भुल्न नसकिने सङ्घका कोषाध्यक्ष सुन्दर भण्डारीले बताउनुभयो । मदिरा व्यवसायी सङ्घ भैरहवाले ढोलीमारामा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको हो ।

छलफलमा सहभागी व्यवसायीहरूले अध्ययन अवलोकन भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष बाबुराम पाण्डेयले २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी सङ्घ भैरहवाले विभिन्न कार्यक्रम गर्दै आएको बताए। उहाँले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले अध्ययन अवलोकन भ्रमण गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थीले मदिरा व्यवसायी सङ्घ भैरहवाले राम्रो काम गर्दै आएको बताए । यति ब्रुअरीका बजार प्रबन्धक प्रितम गिरीले मदिरा व्यवसायी सङ्घ भैरहवासँग सहकार्य गर्दै जाने बताए ।

मदिरा व्यवसायी सङ्घ पाल्पाका अध्यक्ष लक्ष्मण रेग्मीले भ्रमणका लागि पाल्पाको रमणीय स्थल ढोलीमारालाई रोजेको भन्दै मदिरा व्यवसायी सङ्घ भैरहवाप्रति आभार व्यक्त गरे । मदिरा व्यवसायी सङ्घ भैरहवाका सल्लाहकार तथा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पहिलो पटक आफूहरू ढोलीमारा पुगेको बताए ।

सङ्घका वरिष्ठ सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले भ्रमण खुसी साटासाट गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि भएको बताए । मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरीराज पौडेलले मदिरा व्यवसायी सङ्घ भैरहवा सशक्त रूपमा अगाडि बढेको बताए ।

मदिरा व्यवसायी सङ्घ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले सङ्घले राहत वितरण, अध्ययन अवलोकन भ्रमण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको बताए। सङ्घका अध्यक्ष बाबुराम पाण्डेयको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको स्वागत, संस्थापक एवं निवर्तमान अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?