Butwal Today

नेसन्स लिगको उपाधिका लागि आज राति पोर्चुगल र स्पेन खेल्दै

२५ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

यूईएफए नेसन्स लिगको उपाधि भिडन्तमा आज राति दुई शक्तिशाली टोली, पोर्चुगल र स्पेन आमनेसामना गर्दैछन्। निर्णायक खेल जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा नेपाली समयअनुसार राति १२:४५ बजे (पौने १ बजे) सुरु हुनेछ।

सेमिफाइनलमा पोर्चुगलले घरेलु टोली जर्मनीलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने स्पेनले फ्रान्समाथि रोमाञ्चक जित दर्ता गर्दै ५–४ को नतिजामा फाइनलमा स्थान बनाएको हो।

उपाधि भिडन्तअघि आजै जर्मनी र फ्रान्स तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्।

यस खेलले दुई बलियो युरोपेली टोलीबीचको प्रतिस्पर्धा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा युवा खेलाडीहरूको प्रदर्शन, रणनीति र दबाबमा टीम वर्कको पनि मूल्यांकन गर्ने अवसर प्रदान गर्नेछ।