© २०२३
बर्दिया, २५ जेठ ।
पुस्तौँ देखि चल्दै आएको जनश्रमदान (बेगारी) थारु समुदायमा अझै चल्दै आएको छ । गाउँको विकास निर्माणको काम लगायत गाउँका न्यायिक काम थारु समुदायका मानिसहरू समुदायबाटै गर्दै आएका हुन् । पहिला जस्तै थारु समुदायका मानिसहरू अझै जनश्रमदान तथा न्यायिक काम समुदायबाटै गर्दै आएका छन् । पहिलाको समयमा थारु समुदायका मानिसहरू आफ्नो टोल गाउँ विकासका काम लगायत अन्य सामुदायिक काम श्रमदानमै गर्दै आई रहेका थिए । पहिला देश सङ्घीय संरचनामा नगएको बेला गाउँमा गाउँको न्याय अन्यायको फैसला गाउँको बरघरले गर्ने गरेको हुन्थे । त्यति मात्र नभएर गाउँको बाटोघाटो कुलो निर्माणको काम पनि बघरको नेतृत्व हुने गरेको हुन्थ्यो । जस कारण गाउँका मानिसहरू न्याय पाउन तथा विकासको काम गर्न सहजै गाउँबाटै हुने गरेको हुन्थ्यो ।
पहिला थारु समुदायका मानिसहरू न्याय खोज्न अदालत तथा गाउँको विकास निर्माणका लागि बजेट खोज्न गाउँ विकास समितिको कार्यालय धाउने पर्दैनथ्यो । देश सङ्घीय संरचनामा गएको १८ वर्ष प्रवेश भएको छ । अहिले जनता न्याय पाउनको लागि प्रहरी प्रशासन धाई रहेका छन् । तर थारु समुदायका मानिसहरूले न्याय पाउन तथा पहिलो चरणको विकास निर्माणको काम गर्न थारु समुदायका मानिसहरूले गाउँको बरघर प्रणालीलाई मान्यता दिइरहेका छन् । गाउँमा बाटोघाटो सरसफाइ, कुलो, मठमन्दिर आदि निर्माण गर्नका लागि थारु समुदायका मानिसहरू अझै पुरानै शैली अपनाई रहेको छन् ।
सरकारले विकासका लागि विभिन्न योजना ल्याए पनि थारु समुदायका मानिसहरू सहजै सम्पन्न गर्नका लागि अझै धेरै कामहरू जनश्रमदानबाटै गर्दै गरेका गेरुवा गाउँपालिकाका स्थानीय मिनराज चौधरीले बताए । उनले भने, थारु समुदायमा यो पुरानै परम्परा हो । त्यति मात्र नभएर थारु समुदायमा कुनै विषयका फैसला गर्नु परे गाउँको बरघरले गाउँका किसानहरूलाई भेला गराई समाधान खोज्ने गरेको छन् । गाउँको सामुदायिक काम गराउनको लागि माघ महिनाको एक गते नै बरघर र चौकीदार चुनेर राख्ने गरेका हुन्छौ एक वर्षका लागि बरघरले गाउँको विकास न्याय अन्यायको लागि निर्णय गर्ने गरेका हुन्छन् भने चौकिदारले गाउँको घरघरमा गएर जानकारी गराउने गरेको हुन्छ । समाजको काममा जुन घरको मानिस काम गर्न आउँदैन त्यो घरकाले जरिवाना तिर्नु पर्ने चौधरीले बताए ।
२०७४ सालको चुनाव पछि गाउँका मानिसबाट सामाजिक काम गराउन केही अप्ठ्यारो भएको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का बरघर गोविन्द प्रसाद चौधरीले बताए । पालिकाले नयाँ नयाँ योजनाको बजेट सहजताको लागि कुलो तथा गाउँको नाली सफा गर्नका लागि एक्स्काभेटर आएपछि काम गर्न अल्छी मान्ने गरेको थिए तर पुरानै परम्परा भएको कारणले फेरी गाउँका मानिसहरू जनश्रमदान गर्नका लागि हात बढाए र सामाजिक काम गर्न सजिलै भयो । हामी गाउँमा केही निर्णय गर्नु परे गाउँका किसानहरूलाई भेला गराएर छलफल गरी निर्णय गर्ने गरेको बरघर थारुले बताए । उनले भने, हामी अरू गाउँका बरघर जस्तो जरिवाना लिने गरेका छैनौ गाउँका मानिसहरूले आफ्नो ठाउँको विकास सम्झेर सबै मिलेरै हातेमालो गरिरहेका छन् ।
मेरो ठुलो दाइ हुँदा उनले मुख्य बरघर भएर गाउँको धेरै वर्षा सेवा गरिरहेका थिए तर उनको मृत्यु भएपछि म बरघर भएर गाउँको सेवा गर्न लागेको ८ वर्ष भएको छ । मैले अहिले सम्म कसैलाई पनि अन्याय हुन दिएको छैन । गाउँको सामाजिक आयव्यय हिनामिना समेत हुन दिएको छैन । गाउँको कुनै व्यक्ति गलत काम गर्यो भने हामी चौकीदार लगाएर पहिला गाउँको मानिसहरूलाई भेला गराई छलफल गर्ने गर्छौ गाउँमा नमिले मात्र प्रहरी प्रशासनमा पठाउने गरेका छौ । तर यो परम्परा अब आउने नयाँ पुस्ताले कतिको मान्यता दिने छ कार्यान्वयन गर्न सक्छ कि सक्दैन चिन्ताको विषय बनेको छ । थारु बाहुल्य क्षेत्रमा गाउँपालिका नगरपालिका बरघर ऐनलाई सरकारले छिटो भन्दा छिटो मान्यता दिई अगाडी बढाउन आग्रह समेत गरे ।
समाज सेवा गर्न लागेको करिब १५ वर्ष पुगेको छ तर मेरो गाउँमा कसैलाई अन्याय भएको नदेखेको ठाकुरबाबा नगरपालिकाका समाजसेवी खुसीराम थारुले बताए । गाउँको सामाजिक कुनै पनि काम गर्नु पूर्व गाउँका मानिसहरूलाई भेला गराई सरसल्लाह गरेर मात्र अगाडि बढेका छौँ । गाउँको विकास निर्माणको काम होस या कुनै न्यायको काम होस हामी पहिला गाँउकै मानिसहरू भेला भएर सल्टाउने गरेका छौ । अहिले सम्म ठुलो मुद्दा मामिला बाहेक सबै न्याय अन्याय गाउँमै हुने गरेको हुन्छ । गाउँको विकास निर्माण गर्नका लागि समाजबाट उत्साहजनक नै भइरहेको छ ।
बर्दियामा सबभन्दा पहिला बारबर्दिया नगरपालिकाले बरघर ऐन ल्याएर लागु गरिसकेको बढैया ताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । हामी पनि ऐन बनाएर कार्यान्वयन गर्नका लागि अभ्यासमा छौ । बरघरले गर्दा थारु गाउँहरूमा विकास निर्माणका काम लगाए न्याय अन्यायका काम गर्न पनि निकै सहज भएको पालिका अध्यक्ष त्रिपाठीले बताए । हामी छिटै बरघर ऐनलाई गाउँ सभाबाट पारित गरी काम काजिमा पनि लागु गर्ने छौ ।
बरघर प्रणाली थारु समुदाय बाहेक अन्य समुदायमा देख्न पाइँदैन । जुन थारु समुदायका मानिसहरूलाई आर्थिक खर्च लगायत विभिन्न झैझमेलाबाट बचाउँदै आएको छ । बरघर प्रणाली थारु समुदायमा राणा शासन देखिनै चल्दै आएको छ । पहिलाको समयमा बरघर हुनका लागि चुनाव समेत हुने गरेको थियो । थारु समुदायको मुद्दा मामिलाको छलफल गर्न पहिला देखि नै प्रहरी प्रशासनले पहिलो प्राथमिकता बरघरहरूको निर्णयलाई नै मान्यता दिँदै आइरहेको छन् ।