© २०२३
कीर्तिपुर ।
कीर्तिपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ। तीन दिनसम्म चल्ने यो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।
महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले शैक्षिक समस्याहरूको समाधान गर्दै मुलुकलाई विकासको पथमा डोर्याउन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति डोजाङ शेर्पाले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने नकारात्मक टिप्पणीको सामूहिक प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए।
राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी संगठनहरूले साझा एजेन्डामा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। अनेरास्ववियुकी पूर्व अध्यक्ष नवीना लामाले गणतन्त्र विरोधी शक्तिहरूको गतिविधिको विरोधमा दृढ रूपमा उभिनु पर्ने धारणा राखिन्।