ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

विद्यालयमा ग्रामीण तथा सहरी सरसफाइ प्रविधिको सचेतना

२५ जेष्ठ २०८२, आइतबार
२५ जेष्ठ २०८२, आइतबार
कपिलवस्तु, २५ जेठ ।
भारतमा स्वच्छ भारत अभियानमा सहकार्य गर्दै आएको सुलभ इन्टरनेशनल र कपिलवस्तुको कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहकार्यमा तौलिहवा स्थित श्री बुद्ध पद्य मा.बि.का विद्यार्थीलाई ग्रामीण र सहरी सरसफाइ प्रविधिको उपयोग बारे अभिमुखीकरण गरिएको छ । बिपी कोइराला भारत नेपाल फाउन्डेसन भारतीय राजदूतावासको सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु तथा सुलभ इन्टरनेशनल दिल्लीको संयुक्त आयोजनामा बुद्ध पद्य मा.बि र तौलेश्वर नाथ संस्कृत मा.बि.का विद्यार्थीलाई स्वच्छता, सरसफाइ, महिनावारी स्वच्छता र किशोर किशोरीको अधिकारको विषयमा अभिमुखीकरण दिइएको हो ।
कार्यक्रममा सुलभ इन्टरनेशनलका आएका स्वयंसेवक सहजकर्ताले आफ्नो अनुभव सुनाउँदै अभिमुखी करणको सहजीकरण गरेका थिए । छात्रछात्रालाई अभिमुखीकरण मार्फत सचेतना दिन आएकी  सुलभ ईन्टरनेशनलकी सहजकर्ता आकृति मिश्राले स्वच्छता र महिनावारी स्वच्छता तथा सरसफाइ बारे सचेतना प्रवाह गर्न आएको जानकारी दिइन । उनले महिनावारी स्वच्छतामा पुरुषको पनि सकारात्मक सहयोग खोज्न छात्रहरूलाई समेत सचेत गराउन थालिएको जनाइन । सामाजिक परिवर्तनमा भूमिका खेल्न सक्ने बालबालिका बनाउनका लागी अभिमुखीकरणले भूमिका खेल्ने सुलभ ईन्टरनेशनलकी काउन्सेलर कोअर्डिनेटर समीक्षा दास महापत्रले बताइन । अभिमुखीकरणबाट सशक्त हुने छात्रछात्राले स्वच्छता र सरसफाइमा योगदान दिन सक्ने उनले प्रष्ट पारिन ।
स्वच्छ भारत अभियानमा सहकार्य गरेको सुलभ इन्टरनेशनलका कार्यक्रम आफ्नो विद्यालय केन्द्रित भएकोमा खुसी लागेको जनाउँदै स्वच्छता र सरसफाइ बारेको अनुभव आदान प्रदानमा कार्यक्रमले भूमिका खेल्ने श्री बुद्ध पद्य मा.बि. तौलिहवाका प्रधानाध्यापक बाबुराम भण्डारीले बताए । सुलभ इन्टरनेशनल सँग जोडिएको स्वयंसेवकको टोलीले नेपालमा मात्रै नभई दक्षिण अफ्रिका, भियतनाम, बंगलादेश, भुटान लगायतका देशमा कार्यक्रम चलाउँदै आएको संस्थाका डाइरेक्टर रुपक रोय चौधरीले जानकारी दिए । विगतमा नेपालका पर्वतीय क्षेत्रहरूमा लक्षित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सचेतनाका कार्यक्रममा विद्यार्थीमा अपनत्व विकास गराउने गरी भारत सरकारको सहयोगमा लुम्बिनी क्षेत्रमा केन्द्रित गरिएको उनले स्पष्ट पारे ।
सुलभ इन्टरनेशनल भारत सँगको सहकार्यमा लुम्बिनी प्रदेशका विद्यालयहरूमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण मार्फत छात्रछात्रामा विद्यालयलाई स्वच्छता र सरसफाइयुक्त बनाउने सीपको विकास गराइने कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । यस पछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा विद्यार्थी अन्तरक्रिया, महिला कर्मचारीलाई अभिमुखीकरणमा सरिक गराइने उनले जनाए । सेप्टेम्बरमा भारतको नयाँ दिल्लीमा भई रहेको स्वच्छता सम्बन्धी कार्यक्रमको अवलोकन भ्रमणमा तालिममा सहभागी ५ जना छात्रछात्रालाई सहभागी गराउने योजना रहेको उनले स्पष्ट पारे । यस अघि महिनावारी लाई सामान्य रूपमा लिनु पर्ने विषय सन् २०३० सम्मको वास्तविकताको विषय भएको ब्यानर सहित महिनावारी स्वच्छता सम्बन्धित सचेतनामूलक र्‍याली सहित नगर पक्रिया गरिएको थियो ।
भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको सुलभ इन्टरनेशनलका मुख्य उद्देश्य भारतमा स्वच्छता प्रवर्द्धन, मानव अधिकारको संरक्षण, दलित तथा गरिब तथा पिछडिएको वर्गको सामाजिक पुनर्स्थापना गर्नु रहको जनाइएको छ  । संस्थाले कम लागतमा निर्मित दुई–पिट प्लस शौचालय प्रणाली, भुक्तानी र प्रयोगको सिद्धान्त बोकेको सार्वजनिक शौचालय, मानव मलबाट बायो ग्यास उत्पादन र दलित महिला र एकल महिलाको सशक्तीकरणमा काम गर्दै आएको जनाइएको छ । कार्यक्रममा कालिकाका अध्यक्ष मन्दिप सिंह सहित सुलभ इन्टरनेशनलका स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?