© २०२३
नेपालगन्ज, २५ जेठ ।
इस्लाम धर्मावलम्बीहरूको दोस्परो ठुलो पर्व इद-उल-अज्हा (बकर ईद) को अवसरमा बाँकेका चार वटा स्थानीय तहमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ।नेपालगन्ज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।
नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ र खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले छुट्टाछुट्टै सूचना जारी गर्दै पालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने जनाएका छन् । स्लाम धर्मावलम्बीहरूले बकर ईद तीन दिन मनाउने गर्दछन् । यस वर्षको पहिलो दिन शनिबार परेको बकर ईदका कारण आइतबार स्थानीय सार्वजनिक बिदा दिइएको हो।
इद-उल-अज्हा मुस्लिम समुदायको दोस्रो ठुलो पर्व हो, जुन रमजानको उपवासपछि मनाइन्छ। यस अवसरमा बलिदान, परोपकार र एकताको सन्देश दिइने गरिन्छ। यस पर्वमा स्मुलाम धर्मावलम्बीले विशेष नमाज पढ्ने, दान गर्ने, र शुभकामना साट्ने परम्परा रहेको मुस्लिम समुदायका धर्म गुरुहरू बताउँछन् ।