© २०२३
बुटवल,२५ जेठ ।
पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्ग बोलवम धामको १९ औँ साधारण सभा तथा ८ औँ अधिवेशनबाट अध्यक्षमा चित्रबहादुर कार्की सर्वसम्मत चयन भएका छन्। रुपन्देही जिल्लाको सैनामैना(१ मा अवस्थित धार्मिक तीर्थस्थल पर्रोहा परमेश्वर शिवज्योर्तिलिङ्ग बोलवम धामको शनिबार सम्पन्न ८औँ अधिवेशनले चित्रबहादुर कार्कीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
जसको उपाध्यक्ष दुलबहादुर थारु, सरस्वती पन्थी, रामनाथ हरिजन, महासचिवमा गोपाल आचार्य, सचिवमा रमाकान्त काफ्ले र कोषाध्यक्षमा छवि पन्थ चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा विष्णु बस्नेत, शारदा चालिसे, मार्कण्ड शर्मा, रामबृक्ष मुराव, श्याम प्रसाद, गोविन्दप्रसाद पाण्डे, लक्ष्मीप्रसाद शर्मा, विष्णु पौडेल र लक्ष्मी वाग्ले रहेको निर्वाचन समितिका संयोजक खुशीराम चौधरीको जानकारी दिए । धामको नवनिर्वाचित अध्यक्ष चित्रबहादुर कार्की सैनामैना नगरपालिकाको पुर्वनगर प्रमुख थिए । नव निर्वाचित अध्यक्ष कार्कीले धामको भौतिक विकासलाई व्यवस्थित र प्रचारप्रसार गरी सैनामैनालाई धार्मिक पर्यटनको प्रमुख केन्द्रको रूपमा धामको विकासमा अघि बढ्ने योजना रहेको बताए । पश्चिमको पशुपति नाथले परिचित बोलबम धाम धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा चिनिँदै आएको छ ।